बिर्तामोड ।
हिमाली एजुकेशन फाउण्डेशनले १९ औं वार्षिकोत्सवका विभिन्न कार्यक्रम गरी सम्पन्न गरेको छ । झापाको अर्जुनधारा नगरपालिका–६ स्थित बिद्यालय परिसरमा आज (वुधवार) स्कूलको बार्षिकोत्सव सम्पन्न गरिएको गरिएको हो ।
विद्यालयका संस्थापक अध्यक्ष खड्गराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा अर्जुनधारा नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख हरिवहादुर कुँवरको प्रमुख आतिथ्य रहेको थियो ।

वार्षिकोत्सवमा नर्सरी, युकेजीसहितका कक्षा ९ सम्म अध्ययनरत विद्यार्थीले गायन, भाषण, कविता, नृत्यसहित वतृत्वकला प्रस्तुत गरेका थिए । विद्यालयकी प्रिन्सपल शान्ता गिरीले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक वासुुदेव वराल र विद्यार्थी मनिष बुढाथोकीलगायत बिद्यार्थीले गरेका थिए ।
सोही कार्यक्रमका अवसरमा वर्ष उत्कृष्ट शिक्षकका रुपमा शिक्षक मलिना शेर्मालाई नगदसहित सम्मान गरिएको थियो भने स्टुडेन्ट अफ दि इयर्स मनिष बुढाथोकीलाई घोषणा गरिएको थियो ।
कक्षा ९ सम्म अध्यापन हुने सो विद्यालयमा ३८० जना विद्यार्थी र शिक्षक कर्मचारी ३५ जना कार्यरत रहेको विद्यालयका संस्थापक अध्यक्ष गिरीले जानकारी दिए । अध्यक्ष गिरीका अनुसार आगामी शैक्षिक सत्रबाट कक्षा १० सम्म अध्यापन गराइनेछ ।
कार्यक्रममा निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन) अर्जुनधारा अध्यक्ष बाल गोपाल गौतम, अभिभावक संघका अध्यक्ष यामप्रसाद तिम्सिना, नेपाल दशनामी समाज कोशी प्रदेश सल्लाहकार संयोजक चन्द्रप्रसाद गिरी, बिर्तामोड खानेपानीका सचिव पारसमणि मैनाली, दशनामी युवा समिति झापा संयोजक प्रजित पुरी, विद्यालयका भाइस प्रिन्सिपल ठाकुर राईलगायतको आतिथ्य रहेको थियो भने अभिभावकको उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि कुँवर र अर्जुनधारा नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष हरिशचन्द्र बास्तोलाले विद्यालय उत्कृष्ट भएको प्रशंसा गर्दै वार्षिक उत्सव सफलताको शुभकामना शुभकामना दिएका थिए ।
प्रतिक्रिया 0