बैशावारी ।
झापाको अर्जुनधारा नगरपालिका–५ स्थित वैशावारीमा रहेको रेन्बो स्माइल मन्टेश्वरी स्कुलको ५ औं बार्षिकोत्सव सम्पन्न भएको छ । आज (शनिवार) बिद्यालय परिसरमा बिविध कार्यक्रम गर्दै बार्षिकोत्सव सम्पन्न भएको हो ।
बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखनाथ भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा अर्जुनधारा नगर उप–प्रमुख खड्गमाया पराजुलीको प्रमुख आतिथ्य रहेको थियो ।
स्कुलकी प्रिन्सिपल पुष्पा कोइरालाले कार्यक्रममा उपस्थिति अतिथिहरुलाई स्वागत गर्दै आगामी शैक्षिक सत्रदेखि कक्षा ५सम्म पठनपाठन गराउने जानकारी गराएकी थिइन् । बिद्यालय स्थापना गर्न सहजीकरण गर्ने पूर्व वडाध्यक्ष ध्यानबहादुर भारतीलाई सम्मानसमेत गरिएको थियो । साथै जेष्ठ नागरिक चित्रबहादुर रायलाई पनि सम्मान गरिएको स्कुलका सञ्चालक भास्कर भट्टराईले जानकारी दिए ।
कार्यक्रममा नगरका शिक्षा शाखा प्रमुख हरिबहादुर ककर, नव दुर्गा आविका प्रधानाध्यापक तोयानाथ ओली, समाजसेवी उकान्त ढुङ्गेल, गणेश खड्कालगायतको आतिथ्य रहेको थियो । कार्यक्रममा नानीबाबुहरुले बिभिन्न सस्कृति झल्कने नृत्य प्रस्तुत गरेका थिए । कक्षा नर्सरीदेखि १ सम्म सञ्चालन स्कुलमा ८० जना बिद्यार्थी अध्ययनरत छन् भने शिक्षक तथा कर्मचारी ९ जना रहेको बताइएको छ ।


















