बिर्तामोड । 

झापाको बिर्तामोड–१ को श्री सुनकोशी बचत तथा ऋण सहकारी संस्थाले १९ औं बार्षिक साधारणसभाका अवसरमा छ जनालाई सम्मान गरेको छ । संस्थाको आज (शनिवार) बिर्तामोडमा आयोजित साधारणसभामा उत्कृष्ट ऋणि, बचतकर्ता र बालबचतकर्तालाई सम्मान गरेको हो । 

उत्कृष्ट ऋणिका रुपमा निखिल राजवंशी, तुलसीकुमार धौराली, उत्कउष्ट बचतकर्ताका रुपमा राधिका पाठक, हेमन्तकुमार श्रेष्ठ, उत्कृष्ट बालबचतकर्ताका रुपमा सृष्टिकुमारी राजवंशी र रिदम श्रेष्ठलाई नगदसहित प्रशंसापत्रले सम्मान गरिएको थियो । उनीहरुलाई संस्थाका अध्यक्ष गंगाराम ओडारीलगायतले सम्मान गरेका थिए । 

संस्थाका अध्यक्ष गंगाराम ओडारीको अध्यक्षतामामा भएको साधारणसभाको उद्घाटन संस्थाकी जेष्ठ सदस्य हरिमाया गुरुङले गरेकी थिइन् । स्वागत संस्थाका उपाध्यक्ष हेमप्रसाद राजवंशीले गरेको कार्यक्रमको सञ्चालन सचिव कमल पराजुलीले गरेका थिए । 

संस्थाका अध्यक्ष ओडारीले प्रस्तुत गरेको प्रतिवेदन अनुसार आर्तिक बर्ष २०८१/०८२ सम्म दुई हजार ३२३ जना शेयर सदस्य र २ करोड १६ लाख ९७ हजार १०० रुपैयाँ शेयरपुँजी रहेको छ । 

यसैगरी जगेडा तथा अन्य कोष १ करोड ५१ लाख ९२ हजार ३९८ रुपैयाँ ९५ पैसा, निक्षेप दायित्व १३ करोड ७६ लाख ७२ हजार ९५६ रुपैयाँ ३२ पैसा, अन्य दायित्वहरु ५ लाख २१ हजार ६१६ रुपैयाँ ७३ पैसा र बाह्य कर्जा शुन्य रहेको अध्यक्षद्धारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।