झापा । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार विभागको महानिर्देशक परिवर्तन गरेको छ । महानिर्देशक कमलप्रसाद भट्टराईको ठाउँमा सह–सचिव मीरा आचार्यलाई महानिर्देशकको जिम्मेवारी दिएको छ । 

उनी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट केही समयअघि सरुवा भएकी थिइन् । यसअघि पुरुषहरूले रुचि राख्ने विभाग श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा स्वच्छ छविका मन्त्री राजेन्द्रसिंह भण्डारीले नेतृत्व गरेपछि महिला सहसचिवलाई विभागको महानिर्देशक बन्ने अवसर जुटेको हो । 

नवनियुक्त महानिर्देशक आचार्यले जिम्मेवारी सम्हालिसकेकी छन् ।