बिर्तामोड ।
झापाको बिर्तामोड–५ स्थित श्री रामजानकी बचत तथा ऋण सहकारी संस्थाको १७ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाले आज (शनिवार) बिर्तामोडमा अन्तिम माइन्यूट प्रमाणीकरण साधारणसभा सम्पन्न गरेको हो ।
संस्थाले साधारणसभाका अवसरमा उत्कृष्ट बचत कर्ता, असल ऋणी, उत्कृष्ट कर्मचारीलाई सम्मान गरेको छ । उत्कृष्ट बचतकर्ताका रुपमा दीपक बाँस्कोटा, जन्ताकुमार राई, भगीरथ शाह, असल ऋणिका रुपमा बाबुलाल कर्मकार, हेला राजवंशी, बिद्या राई र उत्कृष्ट कर्मचारीका रुपमा रमा पहाडी गौतमलाई नगदसहित सम्मान गरेको छ ।
संस्थाका अध्यक्ष भीमप्रसाद राजवंशीको अध्यक्षतामा भएको साधारणसभामा एकाई सभाबाट छनौट भई प्रतिनिधिहरुको प्रतिनिधित्व गरेकी गीता खतिवडाको प्रमुख आतिथ्य रहेको थियो । स्वागत संस्थाका कार्यकारी प्रमुख दलबहादुर कार्कीले गरेको कार्यक्रममा सहकारी अभियन्ता भलाकाजी कठेतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका व्यवस्थापक शुक्रराज भण्डारीले गरेका थिए ।
संस्थाका अध्यक्ष राजवंशीले प्रस्तुत गरेको प्रतिवेदन अनुसार आर्थिक बर्ष २०८१/०८२ सम्ममा संस्थाको शेयरपुँजी १ करोड ६२ लाख १८ हजार ४०० रुपैयाँ पुगेको छ भने शेयर सदस्य संख्या ९ हजार १ सय ७७ जना पुगेका छन् ।
यसैगरी जगेडा तथा अन्य कोषहरु १ करोड ३५ लाख ५७ हजार २९० रुपैयाँ ४० पैसा, बचत निक्षेप २४ करोड ५२ लाख ९५ हजार ९०७ रुपैयाँ ३१ पैसा, बिभिन्न क्षेत्रमा गरिएको वित्तिय लगानी १० लाख १७ हजार ७०० रुपैयाँ, कुल ऋण लगानी २३ करोड ५८ लाख ५१ हजार ५३० रुपैयाँ २३ पैसा, संस्थाको स्थिर सम्पत्ती ६८ लाख ४१ हजार २५७ रुपैयाँ ४१ पैसा, संस्थाको कुल वसलात २७ करोड ८१ लाख ८६ हजार १८८ रुपैयाँ ३७ पैसा रहेको छ ।
संस्थाका कोषाध्यक्ष जीवन सुवेदीले आर्थिक बर्ष ०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको कार्यक्रममा लेखा समितिको प्रतिवेदन संस्थाका लेखा समिति संयोजक ज्ञानेन्द्रप्रसाद पोखरेलले प्रस्तुत गरेका थिए ।


















