विर्तामोड ।

मेची आँखा अस्पताल बिर्तामोड ३ को प्राबिधिक सहयोग तथा गोर्खा फाउण्डेशन नेपालको आयोजनमा आज नि:शुल्क आँखा शिविर सम्पन्न भएको छ । फाउण्डेशनका अध्यक्ष वीरु दर्नालको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ! 

विर्तामोड नगरपालिका वडा नम्बर ६ स्थित स्यालडाँगीमा आयोजित उक्त शिविरमा स्थानिय १ सय ८५ आँखाका विरामीहरुले सेवा लिएका थिए । यि मध्ये ९ जना विरामीको मोतिया बिन्दू तथा बिभिन्न समस्याको शल्यक्रियाको लागी आज नै अस्पताल लगिएको जनाईएकोछ । निम्न वर्गिय परिवार लक्षित कार्यक्रम अन्तर्गत आयोजित शिविरमा देखिएका सबै विरामीको आँखाको नि:शुल्क शल्यक्रीया गरिने बताईएकोछ । शिविरमा क्याम्पसमा विध्यार्थीलेसमेत सेवा लिएको बताईएकोछ ।

 सेवाग्राहीको अवस्था अनुसार आवश्यक नि:शुल्क औषधी र चस्मा वापत रु दुई सय लिएकोछ ।

स्थानिय ईन्द्रचन्द्र क्याम्पस परिसरमा सम्पन्न शिविरमा अस्पतालका नेत्र अधिकृत होम शितालको नेतृत्वमा ५ जनाको प्राबिधिक समुहले सेवा उपलब्ध गराएका थिए ।

वडा ६ र ५ का वडा अध्यक्ष सूर्यप्रसाद कन्दङ्बा र रोहितकुमार प्रसाई , वडा सदस्य जिवन बाँस्कोटा,  क्याम्पस प्रमुख प्रकाश दाहाल , क्याम्पसका प्रशासन अधिकृत बद्रीप्रसाद भट्टराई , स्थानिय अगुवा अर्जुन खबास , सुदिप घिसिङ्लगायत उपस्थिति रहेको संस्थाका उपाध्यक्ष रोशन नेपालीले जानकारी दिए ।