धुलाबारी ।
मेचीनगर–१० धुलाबारीमा सञ्चालित कन्भेन्ट इङ्लिस स्कूलमा नेपालको संविधानमा उल्लेखित कानुन, मौलिक हकका विषयमा विद्यार्थीलाई प्रशिक्षण दिइएको छ ।
स्कूलका कक्षा ९ र १० का विद्यार्थीलाई नेपालको संविधानका बारेमा जानकारी गराइएको हो । ब्राइट भिजन ल कलेज विराटनगरमा तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी वीना तामाङ, प्रशंसा प्रधान, श्रद्धा पोर्तेल, राकेशकुमार साह र प्रशान्त श्रेष्ठले प्रशिक्षण दिएका हुन् । कानुनका ती विद्यार्थीहरुले संविधान प्रदत्त हक तथा अधिकार लगायत विविध विषयमा प्रशिक्षण प्रदान गरेका थिए ।
विद्यार्थीलाई नेपालको संविधानका बारेमा जानकारी गराउने उदेश्यले कार्यक्रम राखिएको कन्भेन्ट स्कूलका प्रिन्सिपल विक्रम क्षेत्रीले बताए । उनले आफ्नै स्कूलमा पढेकी प्रशंसा प्रधान हाल कानुनका विद्यार्थीका रुपमा अध्ययनरत रहेकोमा खुशी व्यक्त गरे । लामो समयदेखि शिक्षण पेशामा आबद्ध क्षेत्री हाल मेचीनगर प्याब्सनका पनि अध्यक्ष छन् ।


















