बिर्तामोड । 

झापाको बिर्तामोड–५ को देबी माध्यमिक विद्यालयमा ‘बिग स्कूल प्रोजेक्ट’ अन्तर्गत निर्माण हुन लागेको नयाँ भवनको शिलान्यास गरिएको छ। विद्यालय व्यवस्थापन समितिका सदस्य रतन राजबंशीको अध्यक्षतामा आज (निवार) भएको कार्यक्रमकाबीच सभामुख देवराज घिमिरेले भवनको शिलन्यास गरेका छन् । 

कार्यक्रममा पूर्व महान्यायाधिवक्ता अग्निप्रसाद खरेल, विभिन्न राजनीतिक दलका प्रतिनिधि, शिक्षक, अभिभावक तथा विद्यार्थीको उपस्थिति रहेको थियो । नेपाल सरकार शिक्षा मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन इकाईमार्फत सञ्चालन हुने ‘‘बिग स्कूल प्रोजेक्ट’ अन्तर्गत भवन निर्माण कार्य अघि बढाइने विद्यालयले जनाएको छ।

विद्यालयकी प्रधानाध्यापक अम्विका श्रेष्ठले स्वागत गरेको कार्यक्रममा पूर्व महान्यायाधिवक्ता अग्निप्रसाद खरेल, नेपाल सरकार शिक्षा मन्त्रालयको केन्द्रीय आयोजनाका निर्देशक लक्ष्मीप्रसाद भट्टराई, बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतारा प्रसाई, उप–प्रमुख नगेन्द्रप्रसाद संग्रौला, शिक्षा शाखा प्रमुख तीलचन भण्डारी लगायत आतिथ्य रहेको थियो । 

 विद्यालयमा ६ करोड रुपैयाँको लागतमा भवन निर्माण शुरु गरिएको हो । कार्यक्रमको संचालन विद्यालयका सह–प्रधानाध्यापक लीलाप्रसाद भण्डारीले गरेका थिए । कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, शिक्षक, अभिभावक तथा विद्यार्थीको उपस्थिति रहेको थियो ।