झापा ।  

जेनजी  आन्दोलनको क्रममा  प्रहरी कार्यालय, सरकारी कार्यालय, सवारी साधनलगायतमा तोडफोड, आगलागी र लुटपाटमा संलग्न १२ जनालाई झापाबाट पक्राउ गरिएको छ । 

गत भदौं २४ गते देशव्यापी रुपमा भएको जेनजी आन्दोलनमा इलाका प्रहरी कार्यालय अनारमनी, दमक र प्रहरी इलाका प्रहरी कार्यालय सुरुङ्गाको कार्यालय भवन, सवारी साधनलगायत सरकारी स्रोतसाधनमा तोडफोड, आगजनी र लुटपाटमा संलग्न  तथा प्रहरी कर्मचारू माथि सांघातिक आक्रमण गर्ने उनीहरुलाई पक्राउ गरि अनुसन्धान भइरहेको छ । उनीहरुलाई बिभिन्न मिति र झापाका बिभिन्न स्थानबाट पक्राउ गरिएको हो ।

उनीहरुलाई सिसिटिभि फुटेज, भिडियो, फोटो र देख्ने साक्षी लगायतको अध्ययन बिश्लेषणबाट पहिचान गरी नियन्त्रणमा लिएर बिभिन्न कसुरहरुमा झापा जिल्ला अदालत झापाबाट म्याई लिई अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

पक्राउ पर्नेहरुः 

इलाका प्रहरी कार्यालय अनारमनी :

१. नाम : नवराज राई उमेर : ४५ बर्ष

वतन :  जिल्ला झापा बिर्तामोड न.पा.५

कसुर : ज्यान मार्ने उधोग

पक्राउ मिति : २०८२/०७/२० गते (मिति २०८२/०७/२० गतेबाट दिन ७ म्याद थप)

२. नाम : राजन चौधरी

उमेर : २२ बर्ष

वतन :  जिल्ला झापा बिर्तामोड न.पा.५

कसुर : अपराधिक उपद्रव

पक्राउ मिति : २०८२/०७/२२ गते (मिति २०८२/०७/२२ गतेबाट दिन ५ म्याद थप)

३. नाम : आयुस धिमाल 

उमेर : २० बर्ष

वतन :  जिल्ला झापा बिर्तामोड न.पा.५

कसुर : अपराधिक उपद्रव

पक्राउ मिति : २०८२/०७/२१ गते (मिति २०८२/०७/२१ गतेबाट दिन ५ म्याद थप)

४. नाम : गोपाल संग्रौला

उमेर : ४२ बर्ष

वतन :  जिल्ला झापा कन्काई न.पा.१

कसुर : अपराधिक उपद्रव

पक्राउ मिति : २०८२/०७/२१ गते ( मिति २०८२/०७/२१ गतेबाट दिन ५ म्याद थप)

५. नाम : बिष्णु बि.क.

उमेर : २५ बर्ष

वतन :  जिल्ला झापा कन्काई न.पा.३

कसुर :अपराधिक उपद्रव

पक्राउ मिति : २०८२/०७/२१ गते ( मिति २०८२/०७/२१ गतेबाट दिन ५ म्याद थप)

६. नाम : कुसल तिम्सिना

उमेर : २५ बर्ष

वतन :  जिल्ला झापा शिवसताक्षी न.पा.१०

कसुर : अपराधिक उपद्रव

पक्राउ मिति : २०८२/०७/२२ गते (मिति २०८२/०७/२२ गतेबाट दिन ४ म्याद थप)

७. नाम : संजय बस्नेत

उमेर : ३१ बर्ष

वतन :  जिल्ला झापा शिवसताक्षी न.पा.१०

कसुर : अपराधिक उपद्रव

पक्राउ मिति : २०८२/०७/२३ गते ( मिति २०८२/०७/२३ गतेबाट दिन ३ म्याद थप)

८. नाम : पुजा मगर

उमेर : २४ बर्ष

वतन :  जिल्ला झापा बिर्तामोड न.पा.५

कसुर : अपराधिक उपद्रव

पक्राउ मिति : २०८२/०७/२१ गते ( मिति २०८२/०७/२१ गतेबाट दिन ५ म्याद थप)

९. नाम : सुरज राई

उमेर : २८ बर्ष

वतन :  जिल्ला झापा अर्जुनधारा न.पा.७

कसुर : अपराधिक उपद्रव

पक्राउ मिति : २०८२/०७/२१ गते ( मिति २०८२/०७/२१ गतेबाट दिन ५ म्याद थप)

इलाका प्रहरी कार्यालय दमकले पक्राउ गरेको :

१०. नाम : रियाज सिलवाल

उमेर :१९ बर्ष

वतन :जिल्ला झापा दमक न.पा. ०३

पक्राउ मिति : मिति २०८२/०७/२३ गते (अपराधिक उपद्रव कसुरमा मिति  २०८२/०७/२३ गते बाटै दिन ४ म्याद थप)

११. नाम : नकुल अधिकारी

उमेर : २२ बर्ष

वतन : चुलाचुली गा. पा. वडा नं. ०३

पक्राउ मिति : मिति २०८२/०७/२३ गते (अपराधिक उपद्रव कसुरमा मिति  २०८२/०७/२३ गते बाटै दिन ४ म्याद थप)

१२. नाम : साजन लुहागुन

उमेर : २२ बर्ष 

वतन : जिल्ला पांचथर मिक्लाजुङ गा.पा.५ घर भई हाल जिल्ला झापा दमक न.पा.१ 

पक्राउ मिति : मिति २०८२/०७/२२ गते ((अपराधिक उपद्रव कसुरमा मिति  २०८२/०७/२३ गते बाटै दिन ५ म्याद थप)