बिर्तामोड ।
नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाले आगामी कात्तिक १४ गते शुक्रबार बृहत रक्तदान कार्यक्रम गर्ने भएको छ ।

रक्तदान जीवन दान भन्ने सन्देश सहित इक्यानले रक्तदान कार्यक्रमको आयोजना गरेको इक्यान झापाका समाजिक उत्तरदायित्व (सीएसआर) प्रमुख प्रकाश पराजुलीले जानकारी दिए ।

शैक्षिक परामर्शसंगै सामाजिक सेवाका क्षेत्रमा पनि महत्वपूर्ण योग्दान गर्दैै आएको इक्यान झापाले संस्थाको चौथो अधिवेशन तथा सातौ वार्षिक साधारण सभाको अवसरमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको बताइएको छ ।

बिर्तामोडस्थित सिद्धार्थ होटल ग्राण्डसिटीमा हुने रक्तदान बिहान ७ बजेबाट ११ बजेसम्म सञ्चालन हुने जनाइएको छ । नेपाल रेडक्रश सोसाईटी बिर्तामोड शाखाको प्राविधिक सहयोगमा हुने रक्तदान कार्यक्रममा सहभागि भईदिन इक्यान झापाले सम्पूर्ण सदस्यसहित आम नागरिकलाई आह्वान गरेको छ ।

तपाईको रगतले कसैको जीवन बाँच्न सक्छ भन्दै यस्तो पुन्य कार्यमा सबैको सहभागिता उत्साहजनक रुपमा हुने विश्वास लिइएको इक्यान झापाका अध्यक्ष रोशन सुवेदीले बताए । शैक्षिक परामर्शसंगै इक्यान झापाले सामाजिक क्षेत्रमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने गरेको छ ।