बिर्तामोड ।
माध्यमिक शिक्षा परीक्षा ९एसइई० २०८१ मा ४ जीपीए ल्याउने बाल्मीकि एजुकेशन फाउण्डेशन बिर्तामोड सम्मानित भएको छ ।शिक्षा विकास तथा समन्वय इकाई झापाले एक कार्यक्रमको आयोजना गर्दै उत्कृष्ट जीपीए ल्याउने बिर्तामोड १ मा सञ्चालित वाल्मीकि एजुकेश फाउण्डेशनलाई सम्मान गरेको हो ।
वाल्मीकि एजुकेश फाउण्डेशनमा अध्ययनरत दुई जना विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा ९एसइई० २०८१ मा ४ जीपीए ल्याएका थिए ।परीक्षामा सहभागी मध्ये ह्रदय शिवाकोटी र अंकित कटुवालले ४ जीपीए ल्याएका थिए ।
उत्कृष्ठ जीपीए ल्याउने विद्यालयलाई थप प्रोत्साहित गर्न र विद्यार्थीहरुमा समेत प्रेरणा जगाउँदै विद्यालयले खेलेको भूमिकालाई कदर गर्दै शिक्षा विकास तथा समन्वय इकाई झापाले कदर पत्र, दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गरेको थियो ।
जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बराल तथा शिक्षा विकास तथा समन्वय इकाई झापाका प्रमुख कुमार बस्नेतले सम्मानित विद्यालयलाई कदरपत्र प्रदान गरेका थिए । सो कदरपत्र वाल्मीकि एजुकेशन फाउण्डेशनका शिक्षक कृष्णप्रसाद अधिकारीले ग्रहण गरेका थिए ।
बाल्मीकिसंगै झापाका अन्य १८ वटा विद्यालय समेत सम्मानित भएका छन् । उनीहरुले समेत एसइई परीक्षामा उत्कृष्ठ नतिजा ल्याएका थिए । झापाका ४ सामुदायिक तथा १४ संस्थागत गरी १८ विद्यालयका ३३ जनाले उत्कृष्ट जीपीए हासिल गरेको शिक्षा विकास तथा समन्वय इकाई झापाका प्रमुख कुमार बस्नेतले जानकारी दिए ।
झापाका १५ पालिका मध्ये ७ पालिकाका १८ विद्यालयले उच्चतम ४ जीपीए नतिजा हासिल गरेका थिए । झापाको बिर्तामोड नगरपालिकाका ११ जना, गौरादहका ८ जना, दमकका ६ जना, भद्रपुरका ३ जना, मेचीनगरका २ जना, गौरीगञ्जका २ जना र अर्जुनधारा नगरपालिकाका १ गरी ३३ जनाले ४ जीपीए प्राप्त गरेको समन्वय इकाई झापाले जनाएको छ ।
झापाबाट एसइई परीक्षा २०८१ मा कूल ३९२ विद्यालयका १५ हजार १५७ जना अर्थात ६५।७४ प्रतिशत विद्यार्थी ग्रेडेड हुँदै कक्षा ११ पढ्न योग्य देखिएका छन् । सो अवसरमा सम्मानित हुने विद्यालयहरुको तर्फबाट माउन्ट एभरेष्ट अंग्रेजी माविका संस्थापक नारायण घिमिरे, हिमालय मावि दमकका प्रअ द्रोण श्रेष्ठले धन्यवाद ज्ञापन गर्दै यस किसिमका प्रेरणा जगाउँने कार्यक्रमले निरन्तरता पाउनु पर्ने धारणा राखे ।
कार्यक्रममा मेचीनगर शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख उपसचिव होमनाथ भण्डारी, प्रमुख अतिथि शिक्षा समिति झापाका अध्यक्ष जिल्ला समन्वय समिति झापाका प्रमुख बरालले उत्कृष्ट नतिजा हासिल हुनमा शिक्षकको प्रमुख भूमिका रहने बताउँदै विद्यालय र अभिभावकको समन्वय भएमा शैक्षिक स्तर उठाउँन सकिने बताए ।
इकाई प्रमुख बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत कार्यालयका प्राविधिक सहायक कृष्टिना न्यौपाने र संचालन कार्यालयका शाखा अधिकृत एवम् सूचना अधिकारी किरण अधिकारीले गरेका थिए ।


















