हल्दीवारी ।
झापाको हल्दीवारी गाउँपालिका–५ का १८ घरपरिवारलाई बिद्युत मिटर जडान गर्न नसकेकालाई बिद्युत मिटर वितरण गरिएको छ । वडाका विपन्न तथा बिद्युत मिटर जडान गर्न नसक्ने घर परिवारलाई बिद्युत मिटर वितरणसँगै जडान खर्च उपलब्ध गराइएको हो ।
सोमवार वडामा एक संक्षिप्त कार्यक्रमकाबिच वडाध्यक्ष खड्गबहादुर लावती, वडा सदस्य बिजय फागो, जीवन कन्दङ्वा, शिवमाया मगर, सुश्मा महरा र वडा सचिव भजन संग्रौलाले संयुक्त रुपमा दिद्युत मिटर बितरण गरेका थिए । वडाको ५४ हजार सिलिङ बजेटबाट बिपन्नलाई बिद्युत मिटर बितरण गरिएको वडा सचिव संग्रौलाले बताए ।
वडाका साजन महतो, फुलमुनी मुर्मु, कपिल राई, श्यामकुमार एक्तेन, लालबहादुर निरौला, धनश्याम सतार, पुनुमाया तामाङ, हस्तबहादुर आङ्दम्बे, अप्सरा कडरिया, धनबहादुर राई, माया शेर्पा, लक्ष्मी तामाङ, कृष्णकुमारी राई, संजय तामाङ, मनिता राई, संजिता हस्दा, टेकबहादुर लिम्बु र बिष्णुमाया पकुवाललाई बिद्युत मिटर वितरण गरिएको वडाले जनाएको छ । विपन्न परिवारलाई बिद्युत वितरणसहित जडान गरिदिने वडाले जनाएको छ ।


















