भद्रपुर ।
अन्तर्राष्ट्रिय झापाली समाजको टोलीले आज झापाको भद्रपुरमा मन्त्री कुलमान घिसिङसँग भेटघाट गरेको छ । नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास मन्त्री रहेका घिसिङसंग भद्रपुरस्थित एयरपोर्ट होटलमा भेटघाट भएको हो ।
अन्तर्राष्ट्रिय झापाली समाजको तर्फबाट भएको भेटमा अध्यक्ष महेन्द्र चम्लागाँईं, महासचिव चिरन खवास र सहकोषाध्यक्ष रबिन गिरीको सहभागिता थियो । भेटघाटका क्रममा समसामयिक विषय र मुलुकको विकासमा सहकार्यका संभावनाहरु बारे कुराकानी भएको बताइएको छ ।
त्यसक्रममा अध्यक्ष चम्लागाँईंले मन्त्री घिसिङलाई खादा पहिर्याएर बधाई ज्ञापन गर्दै कार्यकाल सफलताको शुभकामना व्यक्त गरे । मन्त्री घिसिङले मुलुकको हितमा सहकार्य गर्न सकिने क्षेत्रको पहिचान गरी अघि बढ्नु पर्ने बताए । त्यसक्रममा झापाका प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारी, पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, व्यवसायी प्रेम चम्लागाईं लगायतको सहभागिता थियो ।


















