झापा । 

प्रत्येक सामाजिक कार्यमा अग्रसर रहँदे आएको नेपालकै सवैभन्दा ठूलो सहकारी सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको इनरुवा सेवा केन्द्रले वाढीपिडीतलाई राहत वितरण गरेको छ । 

झापाको बिर्तामोड–२ चारपानेमा मुख्य कार्यालय रहेको साकोसको इनरुवा सेवा केन्द्रले  आज (शुक्रवार) भोक्राहा नरसिंह गाउँपालिका–४ स्कुल टोल लवटोलीका १८ परिवारका ६५ जना बाढीपिडीतलाई राहत वितरण गरेको हो । 

गत असोज १९ गतेदेखि परेको अविरल बर्षासँगै आएको वाढी र डुवानबाट प्रभावित भएर केही दिन यता श्री ब्रहम देव उराँव मन्डेला आधारभुत विद्यालयमा बसोबास गर्दै आइरहेको उनीहरुलाई आज खाद्यान्न ब्यवस्थापनका लागि आवश्यक सामाग्री  बितरण गरिएको सहारा नेपाल साकोस इनरुवा अनुगमन अधिकृत रतन तिम्सिनाले जानकारी दिए । 

उनीहरुलाई चामल, दाल, तेल, भुजालगायतका सामाग्री वितरण थियो । उक्त राहत वितरण कार्यक्रममा इनरुवा सेवा केन्द्र प्रमुख सुभाष झा, फिल्ड मेनेजर सन्जय प्रधानसहित स्थानीय समुदायको उपस्थिति रहेको थियो ।