बिर्तामोड ।
झापाको बिर्तामोड–५ को श्री पताल गंगा बचत तथा ऋण सहकारी संस्थाले १७ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष युवराज गिरीको अध्यक्षतामा आज (शनिवार) बिर्तामोडमा भएको साधारणसभामा एक जना पत्रकारसहित पाँच जनालाई सम्मान गरिएको थियो ।
विराट एफएमकी प्रबन्धक एवम् निर्देशक लीला अनमोल, संस्थाकी उत्कृष्ट कर्मचारी निमित्त व्यवस्थापक गंगा सापकोटा, उत्कृष्ट बचत कर्ताका रुपमा भोज राई, रमेश कुमार खड्का र उत्कृष्ट उद्यमीका रुपमा धनबहादुर राईलाई नगदसहित सम्मानपत्रले सम्मान गरिएको थियो । सम्मानीत व्यक्तित्वहरुलाई अध्यक्ष युवराज गिरीले सम्मान गरेका थिए ।
स्वागत संस्थाका उपाध्यक्ष टंकप्रसाद भेटवालले गरेको कार्यक्रमको सञ्चालन संस्था की निमित्त व्यवस्थापक गंगा सापकोटा र शेयर सदस्य अंशिका गिरीले संयुक्त रुपमा गरेका थिए ।
कार्यक्रममा सचिव इन्द्रनारायण श्रेष्ठ, सदस्य कमलसिंह राजवंशी, बलमाया मुखिया, सलाउँदिन सेख, सूर्य सुब्बा लिम्बू, सकुन्तला यान्या, लेखा समिति संयोजक हरिप्रसाद दाहाल, लेखा सदस्य गणेश गिरी, कमलादेवी भट्टराई, कानूनी सल्लाहकार खेमनाथ भट्टराई, ऋण उप–समिति संयोजक प्रकाशमणि काफ्ले, पूर्व सल्लाहकार हरिप्रसाद सेडाईलगायत शेयर सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो ।
एक हजार तीन सय ८३ जना शेयर सदस्य रहेको संस्थाको शेयरपुँजी ८७ लाख ४९ हजार ४०० रुपैयाँ रहेको अध्यक्ष गिरीद्धारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।


















