बिर्तामोड ।
इलाका प्रहरी कार्यालय अनारमनी र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको क्षतिग्रस्त संरचना पुनःनिर्माण तथा मर्मत सम्भारका लागि कंगारु एजुकेशन फाउण्डेशन बिर्तामोडले आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।
कंगारुले आज (मंगलबार) बिर्तामोडस्थित कार्यालयका पत्रकार सम्मेलन गरी एक लाख ५१ हजार रुपैयाँ दिने घोषणा गरेको हो । गत भदौं २४ गते जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनी र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको क्षतिग्रस्त भएको थियो । शान्ति सुरक्षाको चुनौती वढेको भन्दै शान्ति सुरक्षालाई पुरानै अवस्थामा ल्याउने उदेश्यले कंगारुले आर्थिक सहयोग गरेको जनाएको छ ।
कंगारुका एसोसिएट डाइरेक्टर रोशन साहसहित अप्रेसन मेनेजर इश्वर पोखरेल, जेनेरल मेनेजर गोबिन्द श्रेष्ठ र पब्लिक रेलेशन अफिसर पुष्पलाल धमलाले संयुक्त रुपमा उक्त सहयोग रकम दिने घोषणा गरेका हुन् । पुनःनिर्माण समितिलाई घोषणा गरिएको रकमबापतको चेक चाँडैनै दिने बताएका छन् ।
जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त गर्ने युवाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै कंगारु बिर्तामोडल घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ ।
सोही पत्रकार सम्मेलनमा बडादशैं, तिहार तथा छठ पर्वको शुधकामना आदानप्रदानसमेत गरिएको थियो । पत्रकार सम्मेलनको सहजीकरण पत्रकार तुलसीप्रसाद निरौलाले गरेका थिए । कगारुले नेपाली बिद्याथीहरुलाई अस्ट्रेलिया, युएसए, युके, क्यानाडा,डेनमार्क न्यूजल्याण्डलगायतका देशरुहरुमा पठाउने गरेको बताइएको छ ।


















