बिर्तामोड । 

झापाको वितामोड–९ स्थित  गरामनी क्याम्पसको क्षतिग्रस्त भवन निर्माणका लागि विर्तामोड ३ मा रहेका दुई नीजि विद्यालयले सहयोग गर्ने भएका छन् । बिर्तामोड–३ का आदर्श स्कूल अफ म्यानेजमेन्ट र लिङ्कन मन्टेश्वरीले अग्रसरतामा सहयोग गरिने भएको हो ।  जेनजी आन्दोलनका क्रममा गरामनी क्याम्पस तोडफोड र   आगजनीबाट भवन क्षतिग्रस्त भएको छ । धेरै सामाग्रीहरू  जलाइएका छन् ।

क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि आफूहरूले अग्रसरता लिने निर्णय गरेको आदर्श स्कुल अफ म्यानेजमेन्टका संस्थापक सञ्जोग खरेलले आज आयोजित पत्रकार भेटघाटमा जानकारी दिए। 

उनले आन्दोलनको क्रममा यसरी शैक्षिक संस्थाहरूमाथि आक्रमण र आगजनी हुनु दुःखद भएको बताउँदै पुरानै वातावरणमा विद्यार्थीहरुलाई सहज तवरले पढ्नका लागि आफूहरुले सहयोग गर्ने घोषणा गरेको खरेलले बताए ।

क्याम्पसको पठनपाठनलाई पुरानै अवस्थामा फर्काउने गरी यी दुई निजी शैक्षिक संस्थाले अग्रसरता लिएपछि त्यसमा अरु संस्थाहरू पनि जोडिन थालेका छन् । लिङ्कन मण्टेश्वरी सञ्चालक सरोज पौडेलले यो अभियानमा अरु निजी शैक्षिक संस्था जोडिने क्रम सुरु भएको बताए । 

उत्तरदायित्व अन्तर्गत आफूहरूले यो अभियान सञ्चालन गर्न लागेको पौडेलको भनाइ छ । अभियानमा न्युटन्स एजुकेसन फाउन्डेसन, गोमेन्द्र विर्ता मोडल   स्कूल र निदि स्कूल पनि जोडिएका छन् । तत्काल आर्दश र लिङ्कनले एक लाख ५० हजारदेखि दुई लाखसम्मको सामग्री उपलबध गराउने बताइएको छ ।