बिर्तामोड ।
दक्षिण कोरियाका विश्वविद्यालयमा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई झापाको बिर्तामोडमा परामर्श दिइने भएको छ । पूर्वमै पहिलो पटक बिर्तामोडबाटै दक्षिण कोरियाका विश्वविद्यालयमा अध्ययन गर्न चाहने विद्यार्थीलाई परामर्श दिन लागिएको हो ।
पछिल्लो समय दक्षिण कोरियामा पनि उच्च शिक्षाका लागि विदेशिने विद्यार्थीको आकर्षण बढेको छ । दक्षिण कोरियामा गुणस्तरीय शिक्षा सस्तोमा पढ्न पाइने भएकाले नेपाली विद्यार्थीको आकर्षण बढेको हो । दक्षिण कोरियाका विश्वविद्यालयमा अध्ययनका लागि जाने बिद्यार्थी र अभिभावकलाई जानकारी दिने उदेश्यले आगामी भदौं २४ गते बिर्तामोडमा सेमिनार आयोजना गरिएको छ ।
सुवेदी एण्ड एसोसिएट बिर्तामोड र राइट एजुकेशनअल सर्विसेज प्रालिको संयुक्त आयोजनामा भदौं २४ गते सेमिनार आयोजना गरिएको आज (मंगलबार) बिर्तामोडमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।
सेमिनारमा दक्षिण कोरियाका दुई वटा युनिर्भसिटीका प्रतिनिधिहरुले ती बिद्यालयका बिषयमा बिद्यार्थी र अभिभावकलाई त्यहाँको रहनसहन, वातावरण अवस्था र नियमकानुनका बिषयमा परामर्श दिने सुवेदी एण्ड एसोसिएट बिर्तामोडका प्रवन्ध निर्देशक रोशन सुवेदीले जानकारी दिए । विदेश उच्च शिक्षा अध्ययनका लागि जाने बिद्यार्थीका अभिभावहरु भेतारी रहेका र कति पयले आवश्यक जानकारी नपाउँदा अनावश्यक दुःख र झन्झटको सामना गरिरहेकोे बिषयलाई मध्यनजर गर्दै दक्षिण कोरियाका विश्वविद्यालयमा अध्ययनका लागि जान चाहने विद्यार्थीले काठमाडौंसम्म जानुपर्ने बाध्यताको अन्त्य गर्न झापामै परामर्शका लागि सेमिनार गरिएको सुवेदीले बताए ।
दक्षिण कोरियाको ह्युपसुङ्ग युनिर्भसिटी (Hyupsung University) र चुङ्गबुक हेल्थ एण्ड साइन्स युनिर्भसिटी (Chungbuk Health & Science University) का प्रतिनिधिहरुले सेमिनारमा परामर्श दिने राइट एजुकेशनअल सर्विसेज प्रालिका प्रवन्ध निर्देशक नबिन बोहोराले जानकारी दिए ।
बोहोराका अनुसार सेमिनारमा ह्युपसुङ्ग युनिर्भसिटीका एडमिशन मेनेजर लि थोङ्ग हुन र इन्टरनेशनल एडमिशन अफिसर चुङ्ग मियोन र चुङ्गबुक हेल्थ एण्ड साइन्स युनिर्भसिटीका प्रोफेसर लि मियेले परामर्श दिनेछन् ।
दक्षिण कोरियामा गुणस्तरीय शिक्षाका लागि जान चाहने बिद्यार्थी र अभिभावकहरुले भदौं २४ गते बिर्तामोडस्थित सिदार्थ होटल ग्राण्डमा एक दिने शैक्षिक अवलोकन कार्यक्रममा सहभागीताका लागि आयोजक संस्थाले आग्रह गरेको छ ।
कोरियाले नै सन् २०२७ सम्ममा विदेशी विद्यार्थीको संख्या तीन लाख पुर्याउने लक्ष्य लिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । पछिल्लो समय दक्षिण कोरिया नेपाल मात्रै नभएर अन्य देशका विद्यार्थीका लागि पनि रोजाइको गन्तव्य बन्दै गएको छ ।


















