बिर्तामोड

नेपालकै पुरानो र पहिलो पाँचतारे होटल तथा ख्यातिप्राप्त सोल्टी होटलको सहकार्यमा, विगत २० वर्षदेखि शैक्षिक अध्यापन क्षेत्रमा अग्रणी गेट कलेजले बिर्तामोडका विद्यार्थीहरूलाई लक्षित गर्दै एकदिने अध्ययन–परिचय सम्बन्धी प्रबर्द्धनात्मक कार्यशाला झापाको बिर्तामोडस्थित सिद्धार्थ होटलमा सम्पन्न गरेको छ।

सोल्टी होटलका नेपाल तथा विदेशमा गरी हाल १२ वटा होटलहरू सञ्चालनमा रहेका छन्। सोल्टी (GATE) ले प्रशिक्षण तथा प्रत्यक्ष रोजगारीका अवसरसहित ब्याचलर इन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट, ब्याचलर इन प्रोफेशनल हस्पिटालिटी, साथै कुकरी तर्फ लेभल–३ (TAFE) कार्यक्रम समेत सञ्चालन गर्दै आएको छ।

कार्यक्रममा गेट कलेज काठमाडौंका संस्थापक–प्रबन्धक खेम लकाई, सोल्टी होटल्सका क्लस्टर लर्निङ एन्ड डेभलपमेन्ट इन्चार्ज रुपेश श्रेष्ठ, स्थानिय होटल म्यानेजमेन्ट कलेजका सञ्जोग खरेल, विवेक नेपाल लगायतको विशेष उपस्थिति रहेको थियो। सो अवसरमा झापाका एक सयभन्दा बढी विद्यार्थीहरूले सहभागिता जनाएका थिए।

सोल्टीको प्रबर्द्धनमार्फत विद्यार्थीहरूले देशमै वा विदेशमा सिक्दै कमाउने कार्यक्रम तथा रोजगारीका अवसरहरू बारे विस्तृत जानकारी प्राप्त गरेका थिए।

सोही कार्यक्रमबारे आदर्श कलेजका विद्यार्थी भर्ना प्रमुख दीपक दासले हालको परिवेशमा होटल व्यवस्थापन संकायप्रति विद्यार्थीहरूको आकर्षण तीव्र गतिमा बढ्दै गएको जानकारी दिए।