मोरङ, मंगलबारे । 

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था मंगलवारे सेवा केन्द्रले सदस्य विस्तारीत मञ्च तथा तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार सेवा केन्द्रको आयोजनामा बिहीवार उर्लावारी नगरपालिका–२, पुरानो मंगलवारेस्थित राधा कृष्ण मन्दीरमा सदस्य विस्तारीत मञ्च तथा तीज मिलन कार्यक्रम सम्पन्न भएको हो । 

 सयपत्रि सहारा महिला समूहकि अध्यक्ष  सितादेवी वुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा उर्लावारी नगरपालिका–२ की महिला वडा सदस्य सीता डाँगीको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा पथरी अनुगमन अधिकृत महेश तामाङ, मंगलवारे सेवा केन्द्र उप–समिति सदस्य ईन्द्रकुमार शेर्पा, गोमा भट्टराई, हिरालाल गिरी, साहारा नेपाल साकोसका कृषि प्राविधिक संजित यादवलगायतको आतिथ्य रहेको कार्यक्रममा स्वागत तथा सेवा केन्द्रको वित्तीय स्थिति र गतिविधका वारेमा सेवा केन्द्र प्रमुख त्रिलोचन तिम्सनाले जानकारी गराएका थिए । 

उनले सेवा केन्द्रले यस किसिमको कार्यक्रम संस्था र संस्थामा आवद्व रहेका महिला शेयर सदस्य विच माईति चेलीको सम्बन्ध स्थापित गरि संस्थालाई दिगो र उत्कृष्ट रूपमा अघि वढाउन यो कार्यक्रमको आयोजना गरेको बताए । उनले नेपाली महिलाहरूको महान चाड हरितालिका तीज २०८२ सालको सम्पूर्णमा शुभकामना पनि दिएका थिए । 

कार्यक्रम थप मनोरन्जानात्मक बनाउन म्युजिकल चियर, नृत्य तथा गायन प्रतियोगीतामा उत्कृष्ट समूह सम्मान समेत गरिएको थियो । सहकारीको हिजो र आजको अवस्था र सरकारी नीति नियम वारे र समग्र संस्थाको वितिय विवरण वारे अनुगमन अधिकृत महेश तामाङले प्रष्ट पारेका थिए । कार्यक्रमको सन्चालन कर्मचारी प्रकाश श्रेष्ठले गरेका थिए ।

नेपाली महिला तथा नारीहरूको महान पर्व हरितालिका तीजको अवसर पारेर आयोजित कार्यक्रममा संस्थाको विस्तारीत मञ्च कार्यक्रम समेत सम्पन्न भएको थियो । जसमा संस्थाको हालको अवस्था, वचत ऋण, चुनौती, समस्या र सदस्यको सुझाव संकलन र जिज्ञासा सामधान समेत गरिएको थियो ।

कार्यक्रमकी प्रमुख अतिथि सीता डाँगीले तीजको शुभकामना  दिदै संस्थाले आयोजना गरेको कार्यक्रमप्रति खुसी साट्दै हिजो परिस्थतिवाट गुज्रिएका महिला हरूलाई संस्थाले एकतावद्व गराई अघि वढाएको भन्दै सहारा नेपाल साकोसलाई धन्यवाद तथा सफलताको शुभकामना समेत प्रदान गरेकी थिइन् । 

म्युजिकल चेयर प्रतिस्पर्धामा प्रथम हुने मिना तामाङ र दोस्रो हुने खिनादेवी शिवाकोटीलाई माया चिनो र सेवा केन्द्रको उत्कृष्ट समुहमा पर्न सफल हुने सयपत्रि सहारा महिला समूह लाई प्रशंसा पत्र प्रदान गरिएको थियो । प्रमुख अतिथि सीता डाँगी र अनुगमन अधिकृत महेश तामाङले  संयुक्त रूपमा प्रशंसा पत्र वितरण  गरेका थिए । 

 सहभागी सदस्य वाट सामुहिक नृत्य प्रस्तुत गर्दै रमाईलो गरेर तीज मिलन कार्यक्रम गरिएको थियो । कार्यक्रममा आगामी दिनमा पनि यस प्रकारका उत्प्रेरणात्मक कार्यक्रमको निरन्तरताको अध्यक्ष सीतादेवी वुढाथोकी आग्रह गरेकी थिइन् ।  कार्यक्रममा सेवा केन्द्रका कर्मचारी शेरवहादर कटुवाल र शोभा तिवारीसहित ५२ जना सदस्यको सहभागीता रहेको सेवाकेन्द्र प्रमुख त्रिलोचन तिम्सनाले जनाकारी दिएका छन् ।