लक्ष्मीपुर । 

सहारा नेपाल बचत तथा ऋण सहकारी सस्था पथरिया सेवाकेन्द्रले बित्तीय साक्षरता तथा बिस्तारित मञ्च साथै तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ । सेवा केन्द्रले आज (सोमवार) कचनाकवल–३ मा कार्यक्रम गरेको हो । 

समूह नम्बर १३२ की सदस्य दुर्गा गौतमको अध्यक्षतामा भएको कार्यक्रममा कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईको प्रमुख आतिथ्य रहेको थियो । स्वागत सेवा केन्द्रका कर्मचारी केशवप्रसाद निरौलाले गरेको कार्यक्रममा 

सेवाकेन्द्र प्रमुख मोतिखर सन्जेल, केशब निरौला, सुरज भट्टराई र सीता महतराले  सस्थाको समग्र  गतिविधि र विवरण प्रस्तुत गरेको थिए । कार्यक्रममा प्रमुख अतिथि नवराज भट्टराईले शुभकामना राखेका थिए  भने सन्चालन सेवा केन्द्र प्रमुख मोतिखर सन्जेलले गरेका थिए । 

कार्यक्रममा कचनकवल  गाउँपालिकाका योजना अधिकृत केशव मैनाली, इन्जिनियर डिल्ली गौतमलगायतको आतिथ्य रहेको थियो ।  नेपाली महिलाहरुको महान पर्वको अवसरमा तीज मिलन कार्यक्रम महिलाहरुले  नाचगान गर्दै मनोरञ्जन गरेका थिए ।  

नेपालकै सवै भन्दा ठूलो सहकारीका रुपमा रहेको साकोसको कार्य क्षेत्र ६ वटा जिल्लामा रहेको छ । झापा, इलाम, पाँचथर, मोरङ, सुनसरी र उदयपुरका कार्यक्षेत्र रहेको संस्थाका मुख्य कार्यालय झापाको बिर्तामोड–२ स्थित चारपानेमा रहेको छ । 

साकोसको २०८२ असार मसान्तसम्मको अवस्था सदस्य संख्या एक लाख ९२ हजार २४०, बचत १४ अर्व १५ करोड ७६ लाख ७८ हजार ७२७ रुपैयाँ, ऋण ११ अर्व ४७ करोड २७ लाख ३१ हजार ५५२ रुपैयाँ र शेर  १ अर्व ६९  करोड ७५ लाख २८ हजार ९०० रुपैयाँ रहेको सेवा केन्द्र प्रमुख सन्जेलले जानकारी दिए ।