पथरी, मारेङ । 

 सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था पथरी सेवा केन्द्रले तीज मिलन कार्यक्रमसहित वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । सेवा केन्द्रले  पथरी शनिश्चरे ५ स्थित रामजानकी मन्दिरको सभाहलमा आज (बिहीवार) तीज मिलन तथा बितिय साक्षरता कार्यक्रम गरेको हो । 

कार्यक्रममा १० जना जेष्ठ नागरीकहरुलाई सम्मानसमेत गरिएको थियो । समुह अध्यक्ष शोभा पोख्रेल दाहालको अध्यक्षतामा भएको कार्यक्रममा पथरी शनिश्चरे नगरपालिका–५ कि वडा सदस्य मुना खड्काको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा अनुगमन अधिकृत महेश तामाङ, पथरी सेवाकेन्द्र संयोजक अशोक आचार्य, पशु प्राबिधिक संजित यादवलगायतको आतिथ्य रहेको कार्यक्रममा स्वागत तथा कार्यक्रमको औचित्य सेवाकेन्द्र प्रमुख कल्पना ढुंगानाले गरेकी थिइन् । कार्यक्रममा सहकारीको हिजो र आजको अवस्था र सरकारी नीति बारे अनुगमन अधिकृत महेश तामाङले प्रस्ट पारेका थिए । कार्यक्रमको सञ्चालन कर्मचारी उत्तम थापा मगरले गरेका थिए । 

नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर आयोजित कार्यक्रममा १० जना जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो । कार्यक्रममा तीजको शुभकामना आदान–प्रदानसमेत गरिएको थियो ।

अनुगमन अधिकृत तामाङबाट सदस्य कबिता कार्कीलाई पशु बिमा रकम हस्तान्तरण, तिज गीतमा एकल तथा सामुहिक नृत्य प्रस्तुति, पहिलो र दोश्रो हुने क्रमश स्नेहा कुवर र सरस्वती गिरीलाइ पुरस्कृत, म्युजिकल चेयर, संगिनिलगायतका मनोरन्जानात्मक कार्यक्रम भएको थियो । 

 म्युजिकल चेयरमा प्रथम हुने बिन्दा जोशीलाई समेत पुरस्कृत गरिएको थियो भने  कार्यक्रममा संदिप मण्डल, शर्मिला ओली, अनुशा खतिवडालगायतका कर्मचारीहरु समेत उपस्थिति रहेको अनुगमन अधिकृत तामाङले जानकारी दिए ।