बिर्तामोड ।
झापाको बिर्तामोड–३ स्थित लिङ्कन मन्टेश्वरी स्कुलमा लाखे नाच प्रस्तुत गरिएको छ । नेवारी समुदायसँग समन्वय गरेर विद्यालयमा लाखे नाच देखाइएको बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष दिनेश ओझाले जानकारी दिए ।
विद्यार्थीहरूमा धार्मिक, सांस्कृतिक र ऐतिहासिक चेतनाको अभिवृद्धि गर्ने उद्देश्यले लाखे देखाइएको सञ्चालक सरोज पौडेलले बताए । सानै उमेरमा साहित्य, संस्कृति, परम्परा र मौलिकताका कुरा बालबालिका लाई ब्यबहारिक रुपमा देखाएर सिकाउदा उनिहरुमा रचनात्मक हौसला मिल्ने भएकाले सो कार्यक्रम गरिएको बताईएको छ ।
केही दिन अगाडि जिल्ला स्तरीय लाखे नाच प्रतियोगितामा प्रथम स्थान हासिल गरेको सो लाखे नाच बिद्यालयमा देखाईएको हो । उक्त अवसरमा विद्यार्थीसहित अभिभावक र स्थानीयहरुको उपस्थिति रहेको थियो


















