हल्दीबारी ।
झापाको बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले हल्दीबारीको एक सामुदायिक विद्यालयलाई पङ्खा हस्तान्तरण गरेको छ। आज (बिहीवार) संस्थाले हल्दीबारी–५ को धनुषा आधारभूत विद्यालयलाई छ थान सिलिङफेन हस्तान्तरण गरेको हो।
विद्यालयका कार्यवाहक अध्यक्ष ओमराज राईको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि हल्दीबारी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजन न्यौपाने रहेका थिए ।
संस्थाका अध्यक्ष सुवास भट्टराईले सामाजिक उत्तरदायित्व बहन गर्दै विद्यालयलाई सहयोग गरिएको बताए उनले विगतका वर्षहरूदेखि नै सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुधारका लागि संस्थाले विभिन्न सामग्रीहरु हस्तान्तरण गर्दै आएको बताउँदै उनले गर्मीको समयमा विद्यार्थीको सहजताका लागि संस्थाले पङ्खा सहयोग गरेको बताए ।
पङ्खा हस्तान्तरण कार्यक्रममा सिम्रिक साकोसका जनसम्पर्क प्रमुख विजय बस्नेत आइटी सहायक विजय पाण्डे बिर्तामोड उद्योग वाणिज्य सङ्घका कोषाध्यक्ष युवराज निरौला। हल्दिबारी गाउँपालिका शिक्षा शाखा का सुमन चौधरी लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा स्वागत विद्यालयका प्रधानाध्यापक सन्तबहादुर बजिहाङले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि हल्दीबारी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजन न्यौपाने प्रशासन शाखा प्रमुख बाबुराम ढकाल संस्थाका अध्यक्ष सुवास भट्टराई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।


















