चन्द्रगढी ।

झापाको चन्द्रगढीमा होटल म्यानेजमेन्ट कलेजको स्थापना भएको छ । भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेलले मेची टुरिजम एन्ड हस्पिटालिटी (होटल म्यानेजमेन्ट कलेज) को शनिबार उदघाटन ग गरेका हुन् । 

मेची टुरिजम एन्ड हस्पिटालिटीको उद्घाटन कार्यक्रममा कलेजका सस्थापक निर्देशक नवीन अधिकारीले होटल म्यानेजमेन्ट अन्तरगत कुक, वेटर, बारिस्टा, हाउस किपिङ, बेकरीका कक्षा सन्चालन भइरहेको जानकारी दिए । कलेजले होटल म्यानेजमेन्टको डिप्लोमा कक्षा समेत शुरु गर्ने जनाएको छ ।

कलेजका सस्थापक निर्देशक नवीन अधिकारीको अध्यक्षता र पत्रकार राजु बरालको सन्चालनमा सम्पन्न कार्यक्रममा भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेल, उपप्रमुख  राधा कार्की, वडा नं. २ का वडाध्यक्ष राम कडेल र वडा नं. ७ का वडाध्यक्ष अभिषेक ढुङ्गानाले शुभकामना मन्तब्य राखेका थिए । 

सोही अवसरमा कुक, बारिस्टा, वेटर, हाउस किपिङको प्रशिक्षण लिएका विद्यार्थीलाई प्रमाण पत्र समेत वितरण गरिएको थियो ।