झापा ।  

झापाको मेचीनगर नगरपालिका–९ खुट्टिडाँगीस्थित भित्री सडक खण्डमा स्कुल भ्यान दुर्घटना हुँदा २१ जना बिद्यार्थी घाइते भएका छन् । आज (शुक्रवार) बिहान १० बजेको समयमा बिद्यार्थी बोकेको स्कुल भ्यान दुर्घटना भएको थियो । 

मागुरमाडीबाट पारिजात पब्लिक स्कुलतर्फ जाँदै गरेको पारिजात पब्लिक स्कुलको मे.१ ज.३१०७ न. को भ्यान आफै अनियन्त्रित भएर दुर्घटना भएको थियो । दुर्घटनामा  भ्यान चालक मेचीनगर–९ का ४५ बर्षीय गणेश श्रेष्ठको टाउकोमा चोट लगोको छ भने उनको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । 

मेचीनगर–९ की ६ बर्षिया सबिस्का राई, सोही स्थानकी ४ बर्षिया समिरा बिसुङ्खे, मेचीनगर–१० का १० बर्षिय आदित्य राई, सोही स्थानकी ११ बर्षिया सदिक्षा काफ्ले, ११ बर्षिय सोहित राजबंशी, ११ बर्षिया आयान सुब्बा, ११ बर्षिया आयान सुब्बा, ११ बर्षिय अनुराग तामाङ छन् । 

त्यसैगरी मेचीनगर–१० की १२ बर्षिया कृष्पा राई, सोही स्थानका १२ बर्षिय संयोग बिसुङ्खे, १२ बर्षिया आयानि बि.क. ११ बर्षिया प्रनिस राई, ९ बर्षिय समर्पण राई, ४ बर्षिया समिरा बिसुङ्खे, ६ बर्षिया सोबिस्का राई, ६ बर्षिया सुसिता किसान, ६ बर्षिया  तानसोना लिम्बु, ७ बर्षिय सेसेहाङ लिम्बु, ९ बर्षिय अंगु बराई र २३÷२४ बर्षिया शिक्षक प्रिति शिवा घाइते भएका थिए । 

घाईत केहीको आम्दा अस्पताल धुलाबारी उपचार हुँदै छ भने केहीको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ । घाइते केहीलाई आम्दा अस्पताल धुलाबारीले बीएण्डसी अस्पतालमै रेफर गरेको छ । 

स्कुल भ्यान इलाका प्रहरी कार्यालय धुलाबारीको नियन्त्रणमा रहेको छ भने चालकले मापसे नगरेको पुष्टि भएको बताइएको छ । घटनाको अनुसन्धान र घाइतेहरुका बिषयमा उपचारको वातावरणका लागि इलाका प्रहरी कार्यालय धुलावारीको टोली खटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।