झापा ।
राउण्ड टेबल बिर्तामोड २७ ले अधिकांश सीमान्तकृत समुदायका बालबालिका अध्ययन गर्ने भौतिक सुविधाले पछि परेको बाह्रदशी–३ स्थित रामनगर आधारभूत विद्यालयलाई नमूना विद्यालय बनाउने परियोजना सञ्चालन गरेको छ ।

लाखौंको बजेट खर्च गरी नमूना विद्यालय बनाउने परियोजनाअन्तर्गत पहिलो चरणमा राउण्ड टेबल बिर्तामोड २७ ले रामनगर आधारभूत विद्यालयमा खानेपानी र शौचालय निर्माण गरिदिएको हो । करिव ३ लाख रुपैयाँको लागतमा निर्माण गरिएको खानेपानी र शौचालय आज एक कार्यक्रमका बीच विद्यालयलाई हस्तान्तरण गरियो ।
विद्यालयको अभिभावकत्व ग्रहण गर्दै नमूना विद्यालय बनाउनका लागि करिव ३० लाख रुपैयाँ खर्च गर्ने योजना रहेको राउण्ड टेबल बिर्तामोड २७ ले जनाएको छ ।