इनरुवा । 

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था इनरुवा सेवा केन्द्रले एक लाख ५० हजार रुपैयाँ ऋण मिनाहा गरेको छ । झापाको बिर्तामोड–२ मा मुख्य कार्यालय रहेको साकोसको इनरुवा सेवा केन्द्र अन्तरगत आज (शुक्रवार) सदस्यलाई बित्तिय साक्षरता कार्यक्रमसहित ऋण मिनाहा गरेको हो । 

संस्थाको इनरुवा सेवा केन्द्र अन्तरगतकी सदस्य साहवतीदेवी महतोका श्रीमानको मृत्युपछि उनले संस्थालाई तिर्नु पर्ने एक लाख ५० हजार रुपैयाँ ऋण मिनाहा गरिएको इनरुवा अनुगमन अधिकृत रतन तिम्सिनाले जानकारी दिए । 

सुबिधा सहारा महिला समुहकी अध्यक्ष सुमित्राकुमारी मेहताको अध्यक्षतामा भएको कार्यक्रममा इनरुवा अनुगमन अधिकृत तिम्सिनाको प्रमुख आतिथ्य रहेको थियो । प्रमुख अतिथि तिम्सिनाले उक्त रकमबापतको चेक हस्तान्तरण गरेका थिए । 

कार्यक्रममा संस्थाको समग्र प्रस्तुती र बित्तिय साक्षरताका बिषयमा इनरुवा सेवा केन्द्र प्रमुख सुभास झा र अनुगमन अधिकृत तिम्सिनाले प्रस्ट पारेका थिए । कार्यक्रमको सञ्चालन कर्मचारी लक्ष्मी कार्कीले गरेकी थिइन् । कार्यक्रममा कर्मचारी संजय प्रधान, भावना बिष्टलगायतको उपस्थिति रहेको थियो ।