चारपाने ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको १२ औं स्मृति दिवस मनाइएको छ । झापाको बिर्तामोड–२ मा रहेको नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान बहुप्राबिधिक शिक्षालयले आज (शुक्रवार) कार्यालयमा कर्माचार्यको स्मृति दिवस मनाएको हो ।

प्रतिष्ठानका अध्यक्ष युवराज डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा कोशी प्रदेश सांसद दुर्गा चापागाई (सचिन) र झलकसिंह दर्लामी (सन्देश) ले कमाचार्यको तस्वीरमा फुलगुच्छा अर्पण गर्दै उनको योगदानको चर्चा गरेका थिए ।
कार्यक्रममा स्वागत तथा सञ्चालन प्रतिष्ठानका सचिव मदन उप्रेतीले गरेको कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष यामकुमार खड्का, कोषाध्यक्ष प्रकाश भट्टराई, सदस्यहरु इन्दिरा कार्की, सुशिला पाण्डे, रामजी कार्की, सपना डाँगीलगायतको उपस्थिति रहेको थियो ।
शिक्षालयमा बाली विज्ञान, पशु विज्ञान, बन बिज्ञानसहित तीन बर्षे होटल म्यानेजमेन्टको डिप्लोमा कक्षाहरु सञ्चालन भइरहेका छन् । पछिल्लो समय ज्ञान मुलक शिक्षाले मात्र बिद्यार्थीको विकास नहुने भएकाले ‘सिपमुलक शिक्षा आजको आवश्यकता’ भन्ने नारालाई आत्मसाथ गर्दै प्राविधिक शिक्षालय स्थापना गरिएको बताइएको छ ।
सीटिइभिटीसँगको सँगको साझेदारीमा स्थापित बहुप्राविधिक शिक्षालय शान्त वातावरणमा अध्यापन गराइदै आएको छ । अंग्रेजी र नेपाली दुवै माध्ययममा कक्षा सञ्चालन हुने, प्रयोगात्मक अभ्यासमा समेत प्रोत्साहन गरिदै आएको छ । जसका लागि विषयगत विज्ञान प्रयोगशाला पनि रहेको छ ।
शिक्षालयमा व्यवस्थित कम्प्युटर ल्यावको व्यवस्था, कक्षा कोठाका लागि पर्याप्त भौतिक पूर्वाधारे, विपन्न तथा जेहेन्दारतर्फ विशेष छात्रवृत्तिको कोटा, बिर्तामोडको मध्य भागमा सुन्दर शान्त शैक्षिक वातावरण भएको, छात्र छात्राहरुका लागि व्यवस्थित छात्रवासको व्यवस्था, आफ्नै भवनभित्र स्वच्छ पिउने पानी तथा चमेनागृह, अनुशासन मर्यादालाई गम्भीर रुपमा पालना गर्दै गराउँदै असल संस्कारको विकास, विभिन्न खेलकुद तथा अन्य अतिरिक्त कृयाकलापका लागि व्यवस्थित स्थानलगायतका बिशेषताहरु रहेका छन् । शिक्षालयमा नेपाल सरकार अन्तरगत लोकसेवामा पाँचौ तहको मान्यता प्राप्त हुने बताइएको छ ।