बिर्तामोड । 

झापाको भद्रपुरमा नेपाल बार एशोसिएसन झापा र जीएम कलेजबिच अन्तरक्रियात्मक कार्यक्रम भएको छ । जीएम कलेज बिर्तामोड र कानुन ब्यवसायीबिच आज (सोमवार) अन्तरक्रिया भएको हो । 

नेपाल बार एशोसिएसन झापाका अध्यक्ष बिद्धवान अभिवत्ता बसन्त नेपालको सभापतित्वमा भएको अन्तरक्रियात्मक कार्यक्रममा बिर्तामोडको जीएम कलेजले सञ्चालन गर्न लागेको बीए एलएलबीका बिषयमा छलफल गरिएको गोमेन्द्र बहुमुखी महाबिद्यालयका प्राचार्य डा. रुपकप्रसाद खनालले जानकारी दिए । 

कार्यक्रममा जीएम कलेजले सञ्चालन गर्न लागेको बीएएलएलवी कार्यक्रमका सम्भावना, चुनौती तथा सफलतालगायत बिभिन्न बिषयमा बरिष्ठ अभिबत्ताले आ–आफ्नो धारण राखेका थिए । 

जीएम कलेजकी प्राचार्य सरु भुर्तेल खनालले स्वागत गरेको कार्यक्रमको औचित्यमाथि प्रकाश डा. रुपकप्रसाद खनालले पारेका थिए । कार्यक्रममा बरिष्ठ अभिवत्ता अशोककुमार पोखरेल, हरि अधिकारी, कुलप्रसाद दाहाल, लेखराज निरौलाले कलेजले सञ्चालन गर्न लागेको बीएएलएलबीका बिषयमा शुभकामनासहित शैक्षिक गुणस्तरमा जोड दिन आग्रह गरेका थिए । कार्यक्रममा ४३ वढी कानुन ब्यवसायीको उपस्थिति रहेको थियो । 

कानुन ब्यवसायीहरुले राखेको जिज्ञासालाई कलेजको तर्फबाट डा. खनाल, जीएम कलेज अफ लका संयोजक विकास कोइराला र शिक्षक बिमल राजवंशीले प्रष्ट पारेका थिए । कार्यक्रमको सहजीकरण संयोजक विकास कोइरालाले नै गरेका थिए । जीएम कलेज बिर्तामोडले यसै शैक्षिक सत्रदेखि बीएएलएलबी कार्यक्रम सञ्चालन गर्न लागेको कलेजले जनाएको छ ।