बिर्तामोड ।
अध्ययनका लागि विदेश जाने विद्यार्थीलाई शैक्षिक परामर्श सहितको सेवा दिने उद्देश्यले बिर्तामोडमा रेभुलेसन एजुकेशन कन्सलटेन्सीले सेवा बिस्तार गरेको छ ।
अस्टे«लिया, क्यानडा, युके, युएसए लगायतका देशमा अध्ययनका लागि जाने विद्यार्थीलाई लक्षित गर्दै बिर्तामोडमा पाँचौं शाखा विस्तार गरेको हो । ११ वर्षअघि काठमाडौंमा स्थापना भएको कन्सलटेन्सीले कोशी प्रदेशका विद्यार्थीलाई लक्षित गर्दै शाखा सञ्चालनमा ल्याइएको बिर्तामोड शाखाका साजन सिटौलाले जानकारी दिए ।
कन्सलटेन्सीको उद्घाटन नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का निवर्तमान अध्यक्ष प्रकाश पाण्डेले गरेका थिए । कार्यक्रममा इक्यान झापाका अध्यक्ष रोशन सुवेदीले पछिल्लो समय झापामा कन्सलटेन्सी खुल्ने क्रम बढेको भन्दै सही र गुणस्तरीय सेवा दिन आग्रह गरेका छन् ।
रेभुलेसन एजुकेशन कन्सलटेन्सीका प्रमुख आशिष रायमाझीको अध्यक्षतामा भएको कार्यक्रममा इक्यान झापाका पदाधिकारीहरु राजकुमार कार्की, अशोक भण्डारी लगायतको सहभागीता रहेको थियो ।