बिर्तामोड । 

झापाको बिर्तामोड–४ मा रहेका गोमेन्द्र बहुमुखी महाबिद्यालयमा आज (शुक्रवार) रक्तदान कार्यक्रम भएकोे छ । क्याम्पसमा बिज्ञान तथा प्रविधि संकाय बिसिए दोस्रो सेमेस्टरमा अध्ययनरत बिद्यार्थीले आयोजना गरेको रक्तदान कार्यक्रममा ५३ जनाले रक्तदान गरेका छन् । 

कार्यक्रममा क्याम्पस प्रमुख डा. रुपकप्रसाद खनालको प्रमुख आतिथ्य रहेको थियो भने बिबिए कार्यक्रमका को–अडिनेटर शेखर पाण्डे, बिसिए÷एमबिएका को–अडिनेटर बिमल राजवंशी, रिसर्च डिपार्टमेन्ट हेड निलम संग्रौलाको बिशेष आतिथ्य रहेको बताइएको छ  । 

बिसिए दोस्रो सेमेस्टरमा अध्ययनरत बिद्यार्थी युनिक श्रेष्ठ, दीपक खनाल, इच्छा केरुङ, आविस्कार दुलाल तथा अन्य बिद्यार्थीहरुले सहजीकरण गरेका थिए ।

रक्तदान कार्यक्रममा ६ अध्यापक, एक जना कर्मचारी र ४६ जना बिद्यार्थीले रक्तदान गरेको क्याम्पस प्रशासनले जनाएको छ । कार्यक्रममा कलेजका अध्यापक, कर्मचारी, बिद्यार्थीको बाक्लो उपस्थिति रहेको थियो ।