बिर्तामोड ।
सनातन धर्म सेवा समिति झापाले बह्मनिष्ठ पण्डित लक्ष्मीप्रसाद खतिवडालाई अभिनन्दन गरेको छ । गुरु पुर्णिमाको अवसर पारेर आज (बिहीवार) समितिले पण्डित खतिवडालाई अभिन्नदन गरेको हो ।
शंकराचार्य पीठ वेदवेदाङ्ग पाठशालाका प्रमुख सेवकरहेका पण्डित खतिवडालाई गुरु पुर्णिमा एवं व्यास जयन्तीका अवसरमा आयोजित ४२ औं अभिनन्दन समारोहकाबिच अभिन्नदन गरिएको सनातन धर्म सेवा समिति झापाका सचिव लक्ष्मीप्रसाद दंगालले जानकारी दिए । पं. खतिवडालाई सनातन धर्म सेवा समिति झापा कार्यालयस्थित बिर्तामोडमा आयोजित कार्यक्रममा अभिन्दन गरिएको हो ।
पण्डित सोमनाथ सुवेदीको सभापतित्वमा भएको कार्यक्रममा शिक्षा सेवी तथा कार्यक्रमका प्रमुख अतिथि गणेशप्रसाद खनाल, प्रमुख सल्लाहकार तथा बिशिष्ठ अतिथि जयनारायण ढुङ्गानाले नगदसहित अभिन्नदन गरेका थिए ।
स्वागत ज्यो.पण्डित बिष्णुप्रसाद वास्तोलले गरेको कार्यक्रममा अभिनन्दित ब्यक्तित्व पं. खतिवडालले आशिर बचन दिएका थिए । कार्यक्रममा गोमेन्द्र महाबिद्यालयका प्राचार्य डा. रुपकप्रसाद खनाल, निवर्तमान सभापति तथा सल्लाहकार सोमनाथ गौतम, दाता नेत्रकुमारी खनाल, गोपीकृष्ण प्रसाई, पूर्व सम्मानीत ब्यक्तित्वहरु पराङकष पौडेल, देवनारायण चुडाल, नबिन दंगाल, बद्रीप्रसाद उप्रेती, बेदप्रका अग्रवाललगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको सहजीकरण सचिव लक्ष्मीप्रसाद दंगालले गरेका थिए ।