मोरङ । 

झापाको बिर्तामोड–२ चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले बीउ बोका वितरण गरेको छ । सोकसको मोरङको मंगलबारे सेवा केन्द्रमार्फत आज (सोमवार) एउटा बिउ बोका वितरण गरेको हो । बिउ बोका हस्तान्तरण कार्यक्रम अन्तरगत सेवा केन्द्रले सदस्यलाई बोका वितरण गरेको हो ।

साकोसले मोरङको मिक्लाजुङ–६ स्थित लालमाटी टोलमा एक कार्यक्रमको आयोजना गरी खाकरबाडी मिश्रित बाखा पालक कृषक समूहलाई नश्ल सुधारका लागि सिरोहि जातको बीउ बोका वितरण गरेको कार्यालय प्रमुख त्रिलोचन तिम्सिनाले जानकारी दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा वडा सदस्य गणेश राईले सहारा राम्रो र सहयोगीका साथै कृषि क्षेत्रमा पनि यसरी ऋण सेवासँगै कृषकका लागि तालिम, प्राबिधिक ज्ञान र बिमा  सेवा दिने एउटा सामाजिक संस्था भएको बताए । उनले बीउ बोका उपलब्ध  गराएको भन्दै सहारा नेपाललाई धन्यवाद समेत व्यक्त  गरे । उनले उक्त कार्यक्रम आफ्नै वडामा राखिएको भन्दै खुशी ब्यक्त गरे । 

सहकारी भएकोले हल्लाको पछि नलागी बैंक तथा सहकारीको ऋण तिर्दा राम्रो हुने उनको भनाई थियो । उनले थप उर्जाका साथ निरन्तर हरेक क्षेत्रमा सहकारीबाट पाउने सेवा लिइ आगाडि बढ्न समेत सवैमा आग्रह  गरे । 

बोका उक्त क्षेत्रमा दिनुको उदेश्य बढि हाड्नाताको समस्या रहेकोले नस्ल सुधार र बाख्रा पालनमा उत्पादनमा वृद्धि गर्ने र आर्थिक उपपार्जन बढाउने हेतुले बोका वितरण  गरिएको कृषि प्राबिधिक सन्जित यादबले जानकारी दिए । उनले सिरोही जातको विशेषताको बारेमा पनि जानकारी  गराएका थिए । 

मङ्लबारे  सेवा केन्द्र प्रमुख त्रिलोचन तिम्सिनाले स्वागत गरेको कार्यक्रममा  खाकरबाडी मिश्रित  बाखा पालक कृषक समूह अध्यक्ष अनुराधा श्रेष्ठ, सहारा नेपाल साकोस पशु प्राविधिक सञ्जित यादब, कर्मचारी शेरबहादुर कटुवाललगायतको आतिथ्य रहेको थियो । 

कार्यक्रमको सञ्चालन मंगलबारे  सेवा केन्द्रका कर्मचारी प्रकाश श्रेष्ठले गरेका थिए ।