बिर्तामोड । 

झापाको बिर्तामोड नगरपालिका–३ मा रहेको लिंकन मन्टेश्वरी स्कुलले दन्त परिक्षण कार्यक्रम गरेको छ । आज (सोमवार) स्कुल परिसरमा निःशुल्क एक दिने दन्त परिक्षण शिविर गरिएको हो । 

lincon

शिक्षा सिकाईसँगै नानीबाबुहरुको स्वास्थ्यलाई ध्यानमा राखेर स्कुलले दन्त परिक्षण कार्यक्रम गरेको स्कुलका सञ्चालक सरोज पौडेलले जानकारी दिए । 

बालबालिकाको दाँतमा समस्या हुन नदिन साथै उनीहरुले बाहिर बजारमा पाइने खानेकुरा खाँदा स्वास्थ्यसँगै दाँतमा समेत समस्या गर्ने सचेतना जगाउँने उदेश्यले दन्त परिक्षण गरिएको सञ्चालक पौडेलले बताए । 

स्कुलले यसअघि पनि नानीबाबुहरुलाई बिभिन्न स्वास्थ्य, परम्परालगायतका सचेतनामुलक कार्यक्रम गर्दै आएको र आगामी दिनमा पनि गर्ने उनले बताए । 

स्कुलको आयोजना तथा बिर्तामोड–१ को लोक स्वास्थ्य डेन्टल क्लिनिकको प्राविधिक सहयोगमा नानीबाबु, अभिभावक, शिक्षक तथा कर्मचारी गरी १५० वढीको दन्त परिक्षण गरिएको थियो । दन्त परिक्षण कार्यक्रममा लोक स्वास्थ्य डेन्टल क्लिनिककी दन्त चिकित्सक आश्मा भट्टराई, डेन्टल असिस्टेन्ट बिनिता तामाङ, मेनेजर पंकज प्रसाईको सहभागीता रहेको थियो । 

स्कुलमा नर्सरीदेखि युकेजीसम्म हाल ६० वढी नानीबाबुहरु अध्ययनरत रहेका छन् भने शिक्षक कर्मचारी १० जना रहेको बताइएको छ ।