हल्दीबारी ।
झापाको हल्दीबारी गाउँपालिकाले कोभिड–१९ विरुद्धको फाईजर खोप लगाउने अभियान सञ्चालन गरेको छ । पालिकाले एक सूचना जारी गर्दै आइतबार अर्थात असार २२ देखि ३१ गतेसम्म खोप अभियान सञ्चालन गरेको जनाएको छ ।
देशव्यापी रुप तथा झापा जिल्लामा फैलिरहेको कोभिड–१९ रोग विरुद्धको फाईजर खोप सेवा हल्दीबारी गाउँपालिका अन्तर्गतका तोकिएको लक्षित वर्गहरुको लागि सञ्चालन गरेको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन (महेन्द्र) ले जानकारी दिए । उनले लक्षित वर्ग सबैले खोप लगाउन आग्रहसमेत गरेका छन् ।
लक्षित समूह यसअघि कोभिड विरुद्धको खोप नलिएका १२ वर्ष वा सो भन्दा माथि उमेरका सबै र खोपको अन्तराल पहिलो डोज लगाएको कम्तिमा १२ महिनाको अन्तर भएको व्याक्तिहरुले उक्त खोप लगाउन सकिनेछ ।
पालिकाले खोपका लागि जलथल स्वास्थ्य चौकीमा असार २२ देखि २७ गतेसम्म, गोलधाप स्वास्थ्य चौकीमा असार २४ देखी असार २६ गतेसम्म, हल्दीबारी स्वास्थ्य चौकीमा असार २९ देखी असार ३१ गतेसम्म र हल्दीबारी आधारभूत अस्पतालमा असार २९ देखी असार ३१ गतेसम्म खोप लगाउने स्थान तोकेको छ ।


















