बिर्तामोड । 

झापाको बिर्तामोडमा रहेको तक्षशीला प्रोग्रेसिभ इङ्लिस स्कुलले दुई वटा अन्तर्राष्ट्रिय पुरस्कार हात पार्न सफल भएको छ । स्कुललाई थाइल्याण्डको बैंककमा आयोजित वल्र्ड स्कुल समिट २०२५ को कार्यक्रममा शनिवार पुरस्कार प्रदान गरिएको हो । 

तक्षशीलालाई ‘वेष्ट स्कुल फर होलिस्टीक प्रोग्रेसिभ एजुकेशन’ र ‘वेष्ट स्कुल फर एक्सिलेन्स इन मन्टेश्वरी एजुकेशन’ पुरस्कार प्रदान गरिएको बिद्यालयले जनाएको छ । अमेरिका, भारत, बङ्लादेशलगायत बिभिन्न अन्तर्राष्ट्रिय बिद्यालयहरुको उपस्थितिमा तक्षशीलालाई शैक्षिक उत्कृष्टता र रुपान्तरणकारी शिक्षामा दृष्ट्रिकोण, नेतृत्व र समग्र तथा बालमैत्री शिक्षाप्रतिको समर्पणलाई उजागर गरेको भन्दै सम्मान गरेको बिद्यालयका सञ्चालक प्रमिश गिरीले बताए । 

उक्त पुरस्कर स्कुलका निर्देशक डा. निराजन प्रसाई र कार्यकारी निर्देशक डा. अञ्जली कार्की प्रसाईलाई प्रदान गरिएको थियो । स्कुलले बिगत २ बर्षभित्र बिद्यालयको वातावरणमा उल्लेखनीय र प्रगति परिवर्तनहरु ल्याउने प्ररणादायी नेतृत्व प्रदान गर्न सफल भएको भन्दै विश्वस्तरमा सम्मान प्रदान गरिएको बताइएको छ । 

स्कुलको तर्फबाट शैक्षिक निर्देशक डा. भिक्टर इग्नेसियस जोसेफ र मन्टेश्वरी निर्देशक सीमा जोसफले पुरस्कार ग्रहण गरेको बिद्यालयले जानकारी दिएको छ ।