बिर्तामोड ।

 झापाको बिर्तामोडको बीएन्डसी मेडिकल कलेज तथा टिचिङ हस्पिटलले मुटुरोगी बिपन्न नागरिकका लागि निःशुल्क उपचार सेवा प्रदान गर्ने भएको छ ।  विपन्न नागरिक उपचार कोष अन्तर्गत सो वर्गका मानिसहरूका लागि एक लाख रूपैयाँ बराबरको सुविधा उपलब्ध गराउने भएको हो ।

अस्तालमा आज (आइतवार) देखि बिपन्न मुटुरोगीका लागि विपन्न नागरिक उपचार कोष अन्तर्गत एक लाख रुपैयाँसम्मको सेवा शुरु गरिएको छ ।   झापामा मुटु रोगका बिरामीहरू बढ्दै गएको भन्दै अस्पतालले आर्थिक अभावका कारण मुटुको उपचार नपाएर अकालमै ज्यान गुमाउनु पर्ने अवस्थालाई मध्यनजर गर्दै  विपन्न नागरिक उपचार कोष अन्तर्गत सेवा दिन लागेको बीएण्डसीका जनसम्पर्क अधिकारी प्रमिश गिरीले बताएका छन् ।

कार्यक्रममा मुटुरोग विशेषज्ञ डाक्टर केशव न्यौपाने र डक्टर प्रितम गच्छदारले शारिरिक व्याम र खानपानमा ध्यान दिनु पर्नेमा जोड दिए ।  उनीहरुले विपन्न वर्गलाई दिइने एक लाख रूपैयाँसम्मको सुविधा विपन्न मुटुरोगीलाई बरदान सावित हुने जानकारी दिए ।

नेपाल सरकारको विपन्न वर्गलाई दिइने सम्पूर्ण सुविधा बिएन्डसी मेडिकल कलेजले उपलब्ध गराएको बिएन्डसी मेडिकल कलेजका जनसम्पर्क अधिकारी गिरीले जानकारी दिए ।  

निःशुल्क सेवा लिनको लागि बिरामी अस्पतालको ओपिडी वा इमरजेन्सीमा आएपछि चिकित्सकले आवश्यक स्वास्थ्य परीक्षण गरी मुटुमा समस्या देखिएमा बिरामीको स्थायी ठेगाना भएको स्थानीय तहलाई सम्बोधन गरी विपन्न नागरिक औषधि कोष अन्तर्गत निःशुल्क सेवाको लागि सिफरिसका लागि अस्पतालले सिफारिसपत्र उपलब्ध गराउनेछ ।

त्यस्तै, बिरामीको परिवारको सदस्यले उक्त सिफारिसपत्र सम्बन्धित स्थानीय तहमा पेस गरेपछि पालिकाको प्रमुख, प्रमुख प्रशासकीय अधिकृत र स्वास्थ्य शाखाको प्रमुख रहेको समितिले निर्णय गरेर निर्णयको प्रतिलिपिसहित अस्पताललाई सिफारिसपत्र पठाउनु पर्नेछ ।

स्थानीय तहको सिफारिसपत्रको आधारमा अस्पतालले बिरामीसँग सम्बन्धित अन्य आवश्यक कागजातहरु संलग्न गरेर बीएन्डसी अस्पतालले यसअघि मृगौलाको हेमोडाइलाइसिस र हेड इन्ज्युरी तथा स्पाइनल इन्ज्युरी कार्यक्रम पनि एक लाख रुपैयाँसम्म निःशुल्क उपचार गर्दै आएको छ ।