चन्द्रगढी ।

झापाको भद्रपुर नगरपालिका वडा–९ स्थित ग्यालेक्सी इङलिस स्कुलमा यस वर्षदेखि कक्षा ११ को पठनपाठन शुरु हुने भएको छ ।

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को प्रकाशित नतिजा अनुसार भद्रपुर नगरकै उत्कृष्ट परिणाम ल्याउन सफल उक्त विद्यालयले आज (शुक्रबार) विद्यालयमा आयोजित पत्रकार भेटघाटका क्रममा सो जानकारी गराएको हो ।

ब्यवस्थापन अन्तर्गत कम्प्युटर साइन्स र बिजनेस स्टडिज मुख्य विसयको पठनपाठन हुने उक्त विद्यालयको कक्षा ११ र १२ को कोअर्डिनेटरको जिम्मेवारी बेद प्रकाश घिमिरेलाई दिएको छ ।

बि.स.२०६८ मा स्थापना भइ ७०० भन्दा बढी विद्यार्थी अध्ययनरत रहेको सो विद्यालयबाट यसवर्ष माध्यमिक शिक्षा परीक्षामा सहभागी २३ मध्ये २१ जना ग्रेडेड भएका छन् ।

ग्यालेक्सी इङलिस स्कुल ब्यवस्थापन समितिका अध्यक्ष बिमल अग्रवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा माध्यमिक शिक्षा परीक्षामा ग्रेडेड विद्यार्थीलाई सम्मान गरिएको थियो ।

विद्यालयका सहायक प्रधानाध्यापक बिबेक चम्लगाइको सञ्चालन र देवीप्रसाद सुबेदीको स्वागत रहेको कार्यक्रममा नेपाल पत्रकार महासङ झापा अध्यक्ष एकराज गिरीले शुभकामना मन्तब्य राखेका थिए भने विद्यालय तह अन्तर्गत कक्षा ११ र १२ का कोअर्डिनेटर बेद प्रकाश घिमिरेले शैक्षिक गतिविधिका बारेमा प्रस्ट पारेका थिए ।