बिर्तामोड । 

होटल म्यानेजमेन्ट पढाई हुने बिर्तामोडको आदर्श स्कुल अफ म्यानेजमेन्टका विद्यार्थीलाई २ दिने आधारभुत प्राथमिक उपचार सम्बन्धि अभिमुखिकरण शुरु भएको छ। 

आदर्श कलेजको आयोजना, सुरुवाती कोठा नेपाल झापा र आदर्श एम्बासडर क्लबको संयोजनमा २ दिने आधारभुत प्राथमिक उपचारको  अभिमुखीकरण शुरु गरिएको हो । 

कलेजका एकाडेमिक कोर्डिनेटर यज्ञराज कडरियाको अध्यक्षता तथा कलेजकी ब्यवस्थापन प्रमुख अनुशा ढकाल खरेलको निगरानीमा सप्पन्न कार्यक्रममा  बिर्तामोड नगरपालिका –३ का वडाध्यक्ष मदन बुढाथोकीको प्रमुख आतिथ्य रहेको थियो । 

वडाध्यक्ष बुढाथोकीले कार्यक्रममा सम्बोधन गर्दै विद्यार्थीलाई अतिरिक्त क्रियाकलापको आवश्यकता रहेको बताए। विशिष्ठ अतिथि रेड्कस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालले विद्यार्थीले उत्प्रेरणा स्वरुप प्राप्त गरेको प्राथमिक उपचारको सिप जीवनभर काम लाग्ने बताए । रेडक्रस कर्मी तथा फस्ट एड तालिम संयोजक  (बाल सुबोधनी माध्यमिक बिद्यालय) का प्रधानाध्यापक बिश्व थापाले प्राथमिक उपचार बारेको सैधान्तिक ज्ञान विद्यार्थीलाई दिएका थिए । 

प्राथमिक उपचारमा आवश्यक कार्डियो पल्मोनरी रेससिट्सन, रगत बग्दाको अवस्था, इट्रेचर निर्माण जस्ता जोमिमको बेलामा गरिने प्राथमिक कामहरुका बारेमा रेड्क्रस कर्मी डिल्लीराम भन्डारी र हरे शरण खड्काले जानकारी दिए।

सुरुवाती कोठा नेपालका अध्यक्ष तथा कलेजका जनसम्पर्क तथा विद्यार्थी भर्ना  प्रमुख दीपक दासले सञ्चालन गरेको कार्यक्रममा विद्यार्थीको भैपरि आउने  दुर्घटना सम्बन्धिको बिमा बिर्तामोडस्थित हिमालय एभरेस्ट इन्स्योरेन्स प्रालि सँगको सम्झौतालाई पुनः नबिकरण गरिएको समेत जनसम्पर्क प्रमुख दासले बताए ।