मोरङ । 

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड सेवाकेन्द्र मधुमल्लाले ऋणी सदस्यको ऋण मिनाहा गरेको छ । उर्लाबारी नगरपालिका– १ स्थायी घर भएकि सितादेबी श्रेष्ठको श्रीमान शंकर श्रेष्ठको असामयिक निधन भएकोले संस्थाको ऋण सुरक्षण कार्यक्रम अन्तर्गत आज (मंगलबार)  एक कार्यक्रमका बिच सदस्यले लिएको ऋण मिनाहा गरिएको हो । 

सीता श्रष्ठ उर्लाबारी–१ स्थित देउराली सहारा महिला समुहकी अध्यक्ष पनि हुन् । उनले आफनो ब्यवसाय बिस्तार र प्रबद्र्धनको लागि  बिना धितो ७ लाख रुपैयाँ कर्जा लिएर अब्बल कारोबार रहेको थियो ।

देउराली सहारा महिला समुहकि सचिब मिनाकुमारी दनुवारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहारा नेपाल साकोस केन्द्रीय कार्यालयबाट खडगबहादुर पौडेल, सेवाकेन्द्र प्रमुख रमेश राई, कर्मचारीहरु तोगेन्द्र घिमिरे र सुशिला लामिछानेको उपस्थिति रहेको थियो । 

सुशिला लामिछानेले सञ्चालन  गरेको कार्यक्रममा  प्रमुख अतिथि पौडेलले सस्थाको कर्जा सुरक्षण नीति बारे प्रकाश पार्दै  ७ लाख बिमा रकम बितरण गरेको अनुगमन प्रमुख  महेश तामाङले जानकारी दिए ।

कोशी प्रदेशको ६ जिल्लामा करिब एक लाख ९२ हजार सदस्य माझ बित्तिय सेवा पुर्याउदै आएको सहारा नेपाल साकोसको मुल कार्यालय झापाको बिर्तामोड–२ चारपानेमा रहेको छ । 

३३ जना शेयर धनीको ३४ हजार शेयर पुँजीबाट बि.सं. २०५२ चैत्र २१ गते तत्कालिन डिभिजन सहकारी कार्यालय चन्द्रगढीमा दर्ता भई शुरु भएको सहाराको वासलात १८ अर्ब भन्दा बढि रहेको छ ।