चन्द्रगढी ।

झापाको भद्रपुरमा शिक्षणमा उत्प्रेरणा जगाउने उद्देश्यले एक दिने शिक्षक तालिम सम्पन्न भएको छ । प्याब्सन झापा क्लस्टरको आयोजनामा शनिबार सम्पन्न उक्त तालिमको सहजिकरण अशोककुमार दाहालले गरेका हुन् । 

झापाका १०० भन्दा बढी सस्थागत विद्यालयका शिक्षकहरुको सहभागिता रहेको कार्यक्रमको उदघाटन प्याब्सन प्रदेश समितिका वरिष्ठ उपाध्यक्ष कोसराज प्याकुरेलले गरेका थिए ।

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष प्याकुरेल, भद्रपुर नगरपालिकाका उप–प्रमुख राधा कार्की र प्याब्सन भद्रपुर अध्यक्ष भक्त कार्कीले शुभकामना मन्तब्य राखेका थिए । 

जनार्दन ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उत्तम खनाल र सन्चालन राजेश आचार्यले गरेका थिए ।