बिर्तामोड ।
न्यूटन्स एजुकेशन एकाडेमीले माध्यमिक शिक्षा परिक्षा (एसईई) मा उत्तिर्ण भएका बिद्यार्थीलाई सम्मान गरेको छ । आज (शनिवार) बिद्यालयमा आयोजित एक कार्यक्रमका बिच २०८१ को एसईईमा उत्कृष्ट नतिजा ल्याउने बिद्यार्थीहरुलाई हार्दिक बधाई तथा शुभकामनासहित सम्मान गरिएको हो ।
झापाको बिर्तामोड–५ मा रहेको बिद्यालयले एसईईमा ३.९५ जीपिएसहित यस बर्षपनि उत्कृष्ट नतिजा ल्याउन सफल भएको बिद्यालयका प्रिसिन्पल देबेन्द्र हुँमागाईले जानकारी दिए ।
एक सय दुई जनाले उत्कृष्ट नतिजा ल्याएर एसईई उत्तिर्ण गरेका छन् । एसईईमा श्रेयसी कार्की सवै भन्दा उत्कृष्ट नतिजा ३.९५ ल्याएर बिद्यालयकै उत्कृष्ट भएकी छिन् । उनले एसईई माथिको शिक्षा पनि न्यूटन्समा लिने बताएकी छिन् ।
जस मध्ये ३५ जनाले ३.६ देखि ४.० जिपिए, ३५ जनाले ३.२ देखि ३.६ जिपिए, २५ जनाले २.८ देखि ३.२ जिपिए र ७ जनाले २.४ देखि २.८ जिपिए ल्याएका पिन्सिपल हुमागाँईले बताए ।
प्रिन्सिपल हुमागाँईको अध्यक्षतामा भएको सम्मान तथा शुभकामना कार्यक्रममा बिद्यालयको प्लसटु को–अडिनेटर केवल सापकोटा, बिद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष नरेश भट्टराई, संघका सदस्य जर्नादन वास्कोटा, अभिभावक नारायणप्रसाद खरेललगायतले शुभकामना मन्तव्य राखेका थिए । बिद्यालयका शैक्षिक इन्चार्ज नोयल परेराले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक सुभास तिम्सिनाले गरेका थिए । कार्यक्रममा बिद्यार्थी, अभिभावक, शिक्षकलगायतको बाक्लो उपस्थिति रहेको थियो ।