बिर्तामोड ।
झापा बिर्तामोड–४ को गोमेन्द्र बहुमुखी महाबिद्यालयले दीक्षान्तसहित बिद्यार्थीलाई बिदाई गरेको छ । महाबिद्यालयले आज (शनिवार) बिर्तामोडमा एक कार्यक्रमका बिच बिबिए र बीसीए आइटीका बिद्यार्थीलाई दीक्षान्तसहित बिदाई गरेको हो ।
बिद्यालयले बीबीएका ३५ जना र बिसिएका ३६ जना गरी ७१ जना बिद्यार्थीलाई दीक्षान्तसहित बिदाई गरेको छ । महाबिद्यालयका संस्थापक अध्यक्ष गणेशप्रसाद खनालको अध्यक्षतामा भएको कार्यक्रममा हिसान झापाका अध्यक्ष तथा आश्था कलेज दमकका प्राचार्य टेकनाथ भण्डारीको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि भण्डारी, क्याम्पसका संस्थापक अध्यक्ष खनाल, संस्थापिका बुध खनाल, क्याम्पस प्रमुख डा.रुपकप्रसाद खनाल, सहायक क्याम्पस प्रमुख सरु भुर्तेल खनालले बिद्यार्थीलाई बिदाई गरेका थिए ।
स्वागत सहायक क्याम्पस प्रमुख सरुले गरेको कार्यक्रममा क्याम्स प्रमुख डा. खनालले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । कार्यक्रममा बिद्यार्थीहरुले क्याम्पसलाई धन्यवाद दिएका थिए । कार्यक्रमको सञ्चालन क्याम्पसका शिक्षक शेखर पाण्डेले गरेका थिए । सोही कार्यक्रमकाबिच बिद्यार्थीहरुले बिभिन्न सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा एक्सेल बैंकका सिइओ डा. इन्द्रकुमार कट्टेलको बिशिष्ठ आतिथ्य रहेको रहेको थियो भने एक्सेल बैंकको एचआर हेड श्यामबहादुर बोहोराको बिशेष आतिथ्य रहेको थियो । कार्यक्रममा बिद्यार्थी, अभिभावक, बिभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।