बिर्तामोड ।
झापा बिर्तामोड–५ को न्यूटन्स एजुकेशन एमाडेमीले माध्यमिक शिक्षा परिक्षा (एसईई) मा यस बर्षपनि उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । बिद्यालयले ३.९५ जीपिएसहित यस बर्षपनि उत्कृष्ट नतिजा ल्याउन सफल भएको हो ।
बिद्यालयका अनुसार यस बर्षको एसईईमा एक सय २ जना बिद्यार्थी सहभागी थिए । जसमा ३५ जनाले ३.६ देखि ४.० जिपिए, ३५ जनाले ३.२ देखि ३.६ जिपिए, २५ जनाले २.८ देखि ३.२ जिपिए र ७ जनाले २.४ देखि २.८ जिपिए ल्याएका छन् ।
उत्कृष्ट नतिजा ल्याउन सफल भएको अवसरमा आज (शनिवार) बिद्यालयलले एसईईमा उत्कृष्ट नतिजा ल्याउने बिद्यार्थीलाई शुभकामना आदान–प्रदान कार्यक्रमको आयोजना गर्ने र भोलि यस बर्षपनि कक्षा १ देखि १० सम्म उत्कृष्ट नतिजा ल्याउन सफल भएकाले असार १५ गतेको अवसरमा बिद्यालय बिदा दिने निर्णय गरिएको पिन्सिपल देबेन्द्र हुमागाँईले जानकारी दिए ।
राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । २०८० सालको एसईईको नतिजामा ४७.८६ प्रतिशत मात्रै उत्तीर्ण भएका थिए । २०८१ सालको एसईईको नतिजामा १३.९५ प्रतिशतले सुधार आएको हो ।