झापा ।

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) सार्वजनिक भएको छ । यस बर्षको एसईईको नतिजा गत वर्षभन्दा सुधार भएर आएको छ । 

राष्ट्रिय परीक्षा बोर्डले आज (शुक्रवार) सार्वजनिक गरेको नतिजा अनुसार ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।२०८० सालको एसईईको नतिजामा ४७.८६ प्रतिशत मात्रै उत्तीर्ण भएका थिए । २०८१ सालको एसईईको नतिजामा १३.९५ प्रतिशतले सुधार आएको हो । 

यस वर्षको एसईईमा १ लाख ६७ हजार ५९७ परीक्षार्थी फेल भएका छन् । नतिजाअनुसार कुल परीक्षार्थीमध्ये २ लाख ७१ हजार २९९ जना मात्रै उत्तीर्ण भएका हुन् ।