बिर्तामोड ।

 प्रेस सेन्टर नेपालमा ६ जना पत्रकारहरु प्रवेश गरेका छन् । शनिबार दमकमा आयोजित एक कार्यक्रमका बिच उनीहरु प्रेस सेन्टर नेपालमा आवद्ध भएका हुन् । 

चन्द्रमान राईसहित उनीहरु प्रेस सेन्टरमा आबद्ध भएका हुन् । संगठनमा आबद्ध आयुष्मा परियार, गणेश भट्टराई, किस्मिका पोखरेल,उमेश खत्री र प्रिपेश श्रेष्ठलाई नेकपा (माओवादी केन्द्र) १ नम्बर प्रदेशका संसदीय दलका नेता तथा पूर्व मन्त्री इन्द्र आङ्बो (मौसम), प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव दिपीन राई, झापा अध्यक्ष पुष्प खड्कालगायतले खदा र अबिर लगाएर संगठनमा स्वागत गरेका थिए । 

संगठनमा प्रवेश गरेका नवप्रवेशीहरुलाई कार्यक्रमका प्रमुख अतिथी आङ्बोले बधाई तथा शुभकामना दिए । उनले प्रेस सेन्टर श्रमजीवी पत्रकारहरुको संगठन भएकाले ढुक्क भएर काम गर्न उनीहरुलाई आग्रह गरे । 

कार्यक्रममा प्रेस सेन्टर नेपालका निवर्तमान केन्द्रीय सचिव विमल लामिछाने, केन्द्रीय सदस्य राम योङहाङ, १ नम्बर प्रदेशका सचिव डिकेश लामा लगायत सहभागी थिए । प्रेस सेन्टर नेपाल झापा अध्यक्ष पुष्प खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रम उपाध्यक्ष होमप्रकाश अधिकारीले सञ्चालन गरेका थिए ।