•  रन्जित परियार

बुट्टाबारी । 

झापा अर्जुनधारा–११ स्थित जुनकीरी सार्वजनिक आधारभूत बिद्यालयमा ट्राफिक सप्ताह २०८२ कार्यक्रम सम्पन्न भएको छ ।सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरण अभियान ट्राफिक सप्ताह कार्यक्रम अन्तर्गत बन्दी सहायता नेपालद्वारा सञ्चालित बालगृह बालबालिका तथा जुनकीरी सार्वजनिक आधारभूत बिद्यालयका सयौं बालबालिकाहरुलाई सडक दुर्घटनाका बिषयमा सचेतनामूलक कार्यक्रम गरिएको थियो । 

सडक दुर्घटना कसरी हुन्छ ? जेब्रा क्रसिङ्ग कसरी गर्ने ? साथै बच्ने उपाय र सडक दुर्घटना बारे न्यूनीकरण कसरी गर्न सकिन्छ ? आफ्नो अभिभावकहरुमा अहिले बढ्दो सवारी चाप र निर्माणधिन सडकमा कसरी हिडडुल गर्न सकिन्छ भन्ने बारे ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलले बालबालिकाहरुलाई अभिमुखिकरण तथा जानकारी गराएका थिए । 

कार्यक्रममा बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष जगतबहादुर मगरले बालबालिकाहरुसँग प्रत्यक्ष सहभागी भइ सचेतता गराएको प्रति ट्राफिक कार्यालय बिर्तामोडलाई सस्थागत तथा बिद्यालयको तर्फबाट धन्यवाद व्यक्तगरेका थिए ।  

कार्यक्रम विद्यार्थीहरुलाई खाजाको ब्यवस्थापन गरि दिएकोमा जुनकीरी बाल क्लबकि अध्यक्ष तरनुम खातुनले धन्यवाद व्यक्त गरेकी थिइन् । कार्यक्रममा ट्राफिक कार्यालय बिर्तामोडका ट्राफिक प्रहरी ज्ञानबहादुर खड्का, सुनिल राई एवंम शिक्षकहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजीकरण प्रहरी नायब निरीक्षक राजकुमार बस्नेतले गरेका थिए ।