झापा ।
कोशीसहित देशका सातवटै प्रदेश सरकारले आज (आइतवार) बजेट सार्वजनिक गर्दैछन्। प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट सार्वजनिक गर्न लागेको हो ।

असार १ गते बजेट ल्याउनु पर्ने कानुनी व्यवस्था अनुसार आज सातै प्रदेशका आर्थिक मामिला मन्त्रालयले आगामी आर्थिक वर्षको आयव्ययको विवरण सार्वजनिक गर्न लागेका हुन् ।
अघिल्ला वर्षका बजेट कार्यान्वयनमा समस्या देखिएपछि अधिकांश प्रदेशले बजेटको आकार नबढाउने भएका छन् । प्राय सबै प्रदेशले कृषि, रोजगारी र पर्यटनलाई प्राथमिकतामा राखेका छन् ।
कृषि, उद्योग, पर्यटन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट केन्द्रित गर्ने सरकारको तयारी छ ।