शिवसताक्षी ।
झापाको शिवसताक्षी नगरपालिका–३ पाराबारीको भानु माध्यमिक बिद्यालयमा अध्ययनरत बिद्यार्थीलाई पोशाक वितरण गरिएको छ । बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गणेशबहादुर राईको अध्यक्षतामा साप्ताहिक कार्यक्रमको अवसर पारेर आज (शुक्रवार) पोशाक बितरण गरिएको हो ।

नेपाल प्रज्ञा पतिष्ठानका प्राज्ञ सुमित्रा बाङ्देल (चेली) को प्रमुख आतिथ्यमा युकेमा रहँदै आएका सुरेन दिम्माली राईको आर्थिक सहयोगमा पोशाक बितरण गरिएको छ । राईबाट विद्यालयलाई २० हजार सहयोग उपलब्ध गराउन प्राज्ञको पहल कदमी रहेको थियो । सो रकमबाट बालविकाशदेखि कक्षा ८ सम्मका जम्मा १९ जना बालबालिकाहरुलाई भव्य कार्यक्रमविच पोशाक बितरण गरिएको छ । अभिभावकहरुको प्रत्यक्ष उपस्थितिमा छात्राछात्रहरुलाई सर्ट, प्यान्ट, फ्रक, जुत्ता मोजा गरीप्रति सेट सबैलाई पोशाक प्रदान गरिएको थियो ।
कार्यक्रममा पोशाक वितरण लगत्तै वडा ३ का वडाध्यक्ष भास्कर न्यौपानेले स्थानीय तहबाट शिक्षा क्षेत्रमा विविध योजना सञ्चालन गर्दै भानु माविका वडा जनप्रति सदैव लागिरहेको दाता पाइरहेकोमा आफ्नो वडाबासी सबै खुशी रहेको भन्दै धन्यवाद आभार प्रकट गरेका थिए । बिद्यालय ब्यवस्थापन समिति, पिटिए, जनप्रतिनिधि सबै उपस्थिति भएको कार्यक्रममा विव्यस सदस्य प्रेम खनालले भानुमाविले दाताहरु ल्याउन सफल भइरहेको बताए । उनले यसले बिद्यालयको गौरव बढेको भन्दै लक्षित समूहका अभिभावक र बिद्यार्थीको सिकाइ गुणस्तरमा टेवा पुग्ने धारणा राखे ।
कार्यक्रम सभापति गणेशबहादुर राईले भानु माविका भौतिक संरचना र शैक्षिक श्रीबृद्धिका निम्ति संस्थागत पहल निरन्तर भैरहेको बताए । उनले दाताहरु क्रमश पाइरहेकोमा कहिले निःशुल्क पाठ्यपुस्तक त कहिले निःशुल्क पोशाक वितरण गर्न पाउँदा दाताहरु साँच्चै सामूदायिक विद्यालयका भगवान सरह ठहरिएको र सबैको देनप्रति उच्च प्रशंसा गरे । उनले सम्मानभाव राख्दै शैक्षिक क्षेत्रमा आमूल परिवर्तन सम्भव भएको जसमा एक पक्षले नभई भानुको जस्तो सबै पक्ष सक्रिय र सकारात्मक एक भएर अघि बढ्न आवश्यक भएको धारणा राखे ।
बिद्यालयको साप्ताहिक कार्यक्रम शुक्रबार कविता प्रतियोगिता आयोजना गरी ११ जना सहभागीमध्ये दुईजनालाई सान्त्वना, क्रमश तृतिय, द्धतीय र प्रथमलाई पुरस्कार तथा सहभागी सबैलाई सहभागिता पुरस्कार प्रदान गर्न पुरस्कारको प्रायोजन बाङ्देल (चेली) ले नै व्यवस्थापन गरेकी थिइन् । गुरु गुरुमासमेत भाइबहिनीलाई उत्प्रेरित हौसला प्रदान गर्न कमल नेपाल र राधा बोगटी लुइटेलले कविता वाचन गरी कार्यक्रमको शोभा वढाएका थिए ।
स्वागत सरु भट्टराई र पोशाक वितरण कार्यक्रम साथै पुरस्कार वितरण कार्यक्रमको सञ्लन तथा दाता र बिद्यालयवीचको समन्वय तथा सहजीकरणको भूमिका बिद्यालयका शिक्षक खुबबहादुर राई (सञ्जय) मार्फत भएको जनाइएको छ।